२०७९ आश्विन २१
  • काठमाडौँ

प्रकाश सपुतको ‘पिर’ गीत युट्युब च्यानलबाट हटाइयो, गरियो दृश्य सम्पादन

काठमाडौं । गायक प्रकाश सपुतले एक साताअघि ल्याएको आफ्नो नयाँ गीत ‘पिर’ युट्युब च्यानलबाट हटाएका छन् ।

शनिबार साँझसम्म एक सातामै एक करोड ४ लाखभन्दा बढी भ्युज पाएको पूरानो गीतलाई हटाउदै गायक सपुतले उक्त गीतकाे विवादित दृश्य सम्पादन गरेर लाइभ प्रिमियर गरेका हुन् ।

नेकपा माओवादीका नेता तथा कार्यकर्ताको चौतर्फी विरोधपछि गायक सपुतले युट्युबबाट गीत हटाउन बाध्य भएका छन् । किनकि यसअघि नै पटक पटक दबाब र विज्ञप्ति नै लेखेर युट्युबबाट गीत हटाउन निर्देशन दिइएको थियो । यद्यपि, एक सातासम्म माओवादी नेता तथा कार्यकर्ताको दबाबलाई बेवास्ता गरेका सपुतले शनिबार साँझ दृश्य सम्पादन गरेर पुनः भिडियो अपलोड गरेका छन् ।

दृश्य सम्पादनमा करिब १ मिनेटको भिडियो काटिएको छ । भिडियोमा यसअघि देखिएको पुलमाथि यौनकर्मीको दृश्य पूर्ण रुपमा हटाइएको छ । न्युज24 बाट

यो पनि ललितपुरको पुल्चोकस्थित दुईसय वर्ष पुरानो इतिहास बोकेको समय् फल्चाको पुनःनिर्माण सम्पन्न भएको छ । शनिबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुल्चोक टोल सुधार समितिद्वारा आयोजित एक कार्यक्रमका बीच उक्त फल्चाको शिलालेखको अनावरण गरेका हुन् ।

महर्जनले आफूले हालसम्म ७५ पाटी निर्माण सम्पन्न गर्न सफल भइसकेको जानकारी दिए । उनले पुनःनिर्माण थाल्दा पुल्चोकको मूल सडक नै अतिक्रमण हुन्छ भन्ने आरोप सहनु परेको भन्दै आफूले फल्चा नजिकैको पेटीसमेत नछोएको दाबी गरे ।

उनले समय फल्चाको महत्व धेरै रहेको भन्दै सम्पदा फिर्ता आएकोमा सबै खुसी रहेको धारणा राखे । यसअघि फल्चा पुनःनिर्माणमा देखिएको विवाद अदालतसम्म पुगेको थियो ।

अशोक स्तुपसँगैको कित्ता नम्बर ३२७ मा पुनःनिर्माण गर्न खोजिएको समय फल्चा २०६ वर्ष पुरानो ऐतिहासिक सम्पदा भएको शिलालेखबाट पनि यसको पुष्टि हुन्छ ।

२०७८ चैत्र ५, शनिबार १३:३६ 0 Minutes 126 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।