२०७९ आश्विन २१
  • काठमाडौँ

रुसी सेना आफ्नो देश आएर के के गरे ? युक्रेनी राष्ट्रपतिले अमेरिकी संसदलाई देखाए भावुक भिडियो !

काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार अमेरिकी संसदलाई सम्बोधन गर्दा युक्रेनको विनाशकारी भिडियो देखाएका छन। पृष्ठभूमिमा सुमधुर सङ्गीतसहितको छोटो भिडियोले भग्नावशेष भवनहरू र बालबालिकाहरू सहित घाइते भएका नागरिकहरूको कारुणिक दृष्य देखाइएको थियो।

सो भिडियोको अन्तिम फ्रेममा नोफ्लाई जोनको अपीलमा ूआकाश बन्द गर्नुहोस्ू शब्दहरू देखाइएको छ। जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेन विश्वको नेता बन्नु पर्ने उल्लेख गर्दै विश्वको नेता बन्न शान्तिको नेता बन्नु पर्ने बताएका थिए।

जेलेन्स्कीको सम्बोधनपछि पनि उनलाई उठेर सम्मान गरिएको थियो। यसअघि जेलेन्स्कीले मंगलबार क्यानडाको संसदमा सम्बोधन गरेका थिए।

अमेरिकी सहयोग

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनका लागि अतिरिक्त ८० करोड डलर बराबरको सैन्य सहायतामा हस्ताक्षर गर्दैछन्। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार त्यो रकम एन्टीएअरक्राफ्ट लगायतका अस्त्रमा खर्च हुनेछ।

युक्रेनलाई मानवीय सहायता, प्रतिरक्षा तथा आर्थिक सहयोगसम्बन्धी खर्च विधेयकले अमेरिकी सहायतालाई समेटेको छ जुन विधेयकलाई गत साता अमेरिकी कङ्ग्रेसले अनुमोदन गरेको थियो। मङ्गलवार त्यसमा हस्ताक्षर गर्दै राष्ट्रपति बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि हमला गरेर विश्वभरिका मानिसलाई एकताबद्ध बनाइदिएको बताए।

जेलेन्स्कीले युक्रेनको आकाशलाई ‘नो फ्लाई जोन’ घोषणा गर्न नेटोलाई लगातार आग्रह गर्दै आएका छन्।

युक्रेनी आकाशलाई नेटोले ‘नो फ्लाई जोन’ घोषणा गर्नु भनेको उसका फौजहरूले रुसी विमानलाई लिएर सीधै प्रतिक्रिया जनाउनु हुनेछ र आवश्यक परेमा रुसी विमानहरूलाई खसालिदिनेसम्मको कदम चाल्नुपर्ने हुन्छ। कतिपय अमेरिकी नेताहरूले युक्रेनी आकाशलाई नेटोले ‘नो फ्लाई जोन’ घोषणा गर्नुको अर्थ तृतीय विश्वयुद्ध निम्याउनु हुने चेतावनी दिँदै आएका छन्।

२०७८ चैत्र ३, बिहीबार २२:४२ 0 Minutes 171 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।