२०७९ आश्विन १४
  • काठमाडौँ

पल शाहलाई तनहुँ फर्काइयो, गैंडाकोटमा दिए यस्तो बयान

काठमाडौं । जबरजस्ती क रणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई तनहुँ फर्काइएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरले आवश्यक बयान र सोधपुछ सकिएपछि पललाई तनहुँ नै फर्काइएको जानकारी दिएको छ।

एकजना नाबालिक गायिकालाई जबरजस्ती क रणी गरेको अभियोग उनीविरुद्ध तनहुँ र नवलपुरमा जाहेरी वरेको थियो । अभिनेता शाहले नवलपुरको गैंडाकोटमा इन्कारी बयाद दिएको प्रहरीले स्रोतले जानकारी दिएको छ।

गत फागुन २४ गते तनहुँको दमौलीबाट गैंडाको लगिएका उनले त्यहाँ पनि नाबालिक गायिकालाई आफूले ब ला त्का र नगरेको बयान दिएका छन्। शाहले तनहुँमा पनि ती नाबालिग गायिकाको कोठामा छिरे पनि सँगै नसुतेर आफ्नै कोठामा फर्किएको बयान दिएका थिए।

नवलपुरस्थित गैंडाकोट रिर्सोटमा पनि दमौलीमा जस्तै आफूलाई जवरजस्ती क रणी गरिएको भन्दै नाबालिका गायिकाले पलविरुद्ध जाहेरी दिएकी थिइन्। पहिलो घटना त्यहीँ भएको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा पनि पीडितका आफन्तले जाहेरी दिएका थिए। पललाई नवलपुरमा ल्याएपछि सरकारी वकिलसमक्ष राखेर बयान लिइएको थियो।

शाहलाई जिल्ला अदालत तनहुँबाट दोस्रो पटक १२ दिन म्याद थपेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिइसकेको छ। त्यो पनि अब सकिन लागेको छ। प्रहरीले सरकारी वकिलमार्फत दुवैतिर मुद्दा अदालत लैजाने तयारी गरेको छ।

शाहले जाहेरी परेको पाँच दिनपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा गिरफ्तारी दिएका थिए।

२०७८ चैत्र १, मंगलवार १२:२८ 0 Minutes 204 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।