२०७९ आश्विन २१
  • काठमाडौँ

हार्दिक बधाई रोचक श्रेष्ठ भए सिए परीक्षामा नेपाल टपर

काठमाडौ : ख्वप माध्यमिक विद्यालय देकोचा भक्तपुरका छात्र रोचक श्रेष्ठ नेपाल टपर भएका छन्। विद्यालयका कक्षा ११ र १२ उतीर्ण भई गएका विद्यार्थी रोचक चाटर्ड एकाउन्ट (सिए) परीक्षामा नेपाल टपर हुन सफल भएका हुन्।

ख्वप माध्यमिक विद्यालय देकोचा भक्तपुरका भाइस प्रिन्सिपल विष्णुप्रसाद किसीका अनुसार रोचकले विद्यालयमा विज्ञान संकाय अध्ययन गरेका थिए

उनका अनुसार रोचक शैशिक्ष सत्र २०७३/०७४ का ब्याच हुन्। रोचक स्कुलका पनि उत्कृष्ट अध्ययन गर्ने विद्यार्थीको रुपमा रहेको किसीले सुनाए।

भक्तपुर नगरपालिका वडा नं १ निवासी रोचकले सीए क्याप ३ परीक्षाको रिजल्टमा आफू नेपाल टपर हुन सकेको भन्दै खुशी व्यक्त गरे। उनले सीए क्याप ३ वर्षको परीक्षा स्वअध्ययन गनुपर्ने वर्ष भएको पनि सुनाए।

रोचक भक्तपुर नगरपालिका वडा नं १ का वडा सदस्य सूर्यप्रसाद श्रेष्ठका सुपुत्र हुन्। सूर्यप्रसाद स्थानीय निकायको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट वडा सदस्यमा उम्मेदबारी दिई विजयी भएका थिए। सूर्यप्रसादका दुई सुपुत्रमध्ये रोचक कान्छो सुपत्र हुन्।

२०७८ फाल्गुन ३०, सोमबार १९:११ 0 Minutes 167 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।