२०७९ आश्विन १४
  • काठमाडौँ

युक्रेनमाथि रुसी हमला तीव्र : ऐतिहासिक रंगशाला ध्वस्त, विमानस्थलमा केन्द्रित हुँदै

एजेन्सी । युक्रेनसँग यु’द्ध भएको १६ औं दिनमा आइपुग्दा रुसले हमलालाई तीव्र बनाउँदै लगेको छ ।

गत मंगलबार एक दिनका लागि यु’द्धविराम गरेको रुसले पुनः आ’क्र’म’ण तीव्र पारेको हो । रुसी हवाई हमलामा युक्रेनको ऐतिहासिक रंगशाला ध्व’स्त भएको छ ।

पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको नाममा स्थापित उक्त रंगशाला शुक्रबार विहान रुसले गरेको हवाई हमलामा ध्व’स्त भएको हो । सोही हमलामा एक जनाको मृ’त्यु भएको छ ।

युक्रेनको प्रशिद्ध लाइब्रेरी पनि ध्व’स्त भएको छ । युक्रेनका महत्वपूर्ण विमानस्थल लक्षित गरी ब’म वि’स्फोट गराइएको छ । युक्रेनको पश्चिमी क्षेत्रमा रहेको लुत्स्क विमानस्थलमा ब’म बि’स्फोट भएको हो । जसका कारण विमानस्थलका केही संरचनाहरु ध्व’स्त भएका छन् ।

जारी यु’द्धका बीच युक्रेनका लाखौं मानिस शरणार्थीको रूपमा अन्यत्र पलायन भइसकेका छन् । यता युक्रेनको चर्नीहीव शहरमा पानीको हाहाकार भएको छ । रुसी हमलाका कारण पानीको मुहान ध्व’स्त भएकाले हजारौं जनता पानी खानबाट बन्चित भएका छन् ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र रुसका राष्ट्रपतिविरु’द्ध सामाजिक सञ्जालमा खुलेर आलोचना र वि’रो’ध गर्न युक्रेनी जनतालाई अपिल गर्नुभएको छ ।

२०७८ फाल्गुन २७, शुक्रबार २२:४८ 0 Minutes 134 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।