२०७९ आश्विन २२
  • काठमाडौँ

“बिदेशीहरु कोरियनले ४० बर्षदेखि दुख गरि जम्मा पारेको खानामा चम्चा लिएर खान आउँछन।” किन ?

काठमाडौ : आउँदो मार्चमा दक्षिण कोरियामा हुने राष्ट्रपति चुनावका उम्मेदवारहरु बिच विभिन्न कुराहरुमा मतभेद सुरु भएका छन। कोरियाको राष्ट्रिय स्वास्थ्य बीमालाई लिएर आउँदो राष्ट्रपतिय चुनावका लागि प्रमुख प्रतिपक्षी पार्टी ‘पिपल पावर पार्टी’ का उम्मेदवार र सत्ताधारी पार्टी ‘डेमोक्रेटिक पार्टी अफ कोरिया’ का उम्मेदवारहरु बिच मतभेद देखिएको छ।

प्रमुख प्रतिपक्षी पार्टी ‘पिपल पावर पार्टी’ का राष्ट्रपतिका उम्मेदवार योन सुक योलले आफ्नो फेसबुकमा आइतबार एक स्टाटस पोष्ट गर्दै दक्षिण कोरियामा रहेका बिदेशी नागरिकहरुलाई राष्ट्रिय स्वास्थ्य बीमामा कडाई गर्नुपर्ने कुरा लेखेका थिए। उनले कोरियामा रहेका बिदेशी नागरिकहरुलाई राष्ट्रिय स्वास्थ्य बीमामा कडाई गर्नुपर्ने बताए।

योन सुक योलका अनुसार विदेशी हरुलाई राष्ट्रिय स्वास्थ्य बीमामा कडाई गर्नुपर्ने जसका कारण बिदेशी तथा तिनको परिवार यस बीमाबाट धेरै फाइदा नलिउन। उनले टिप्पणी गर्दै भने “कोरियन नागरिकहरुले ४० बर्षदेखि दुख गरेर तयार पारेर राखेको खानामा विदेशीहरु चम्चा लिएर खान आउँछन।” उनले कोरियन नागरिकहरुले दुख गरि बनाएको सिस्टमबाट बिदेशीहरुले फाइदा लुटेको तर्फ संकेत गरेका हुन।

युनले बिशेष गरी कोरियामा रहेका चिनियाँ नागरिकहरु प्रति लक्षित गरी आफ्ना भनाइ राखेका हुन। कोरियामा सबैभन्दा धेरै चीनका नागरिकहरु रहेका छन। राष्ट्रिय स्वास्थ्य बीमामा विदेशीहरुमा १० मा ८ जना चिनियाँहरु रहेका छन। यस बीमाबाट चिनियाँहरुले मात्रै करिब ३.३ बिलियन वन बराबरको सुविधा लिइसकेका छन। राष्ट्रिय स्वास्थ्य बीमामा आवध्द हुन कोरियामा गत ६ महिनादेखि बसोबास गरेको हुनुपर्दछ। चिनियाँहरु यो बिमामा आबध्द भइ कोरियामा उपचार मात्रै गर्न भनेर पनि आउने गरेका छन। उपचार गराइ सकेपछि उनिहरु चिन फर्कने गरेका थुप्रदै उदाहरणहरु रहेका छन।

तर सत्ताधारी पार्टी ‘डेमोक्रेटिक पार्टी अफ कोरिया’ का उम्मेदवार लि जे म्यङले योनको उक्त भनाइको खण्डन गरेका छन। लि जे म्यङले कोरियामा रहेको बिदेशी समुदायलाई चोट पुग्ने गरी आएको योनको अभिब्यक्तिप्रति खेद प्रकट गर्दै कोरियाले विदेशी नागरिकहरुबाट ५ सय बिलियन स्वास्थ्य बीमाको प्रिमियम मार्फत आम्दानी गरिरहेको बताए। उनका अनुसार यसबाट सबै कोरियन नागरिकहरुलाई फाइदा भइरहेकाले बिदेशीहरु माथि रोष प्रकट गर्न नहुने उनले बताए।

यिपिएस साथी बाट

२०७८ फाल्गुन २७, शुक्रबार १३:११ 0 Minutes 152 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।