२०७९ आश्विन २१
  • काठमाडौँ

सेनाका १९ वर्षिय जवान पुटिनलाई सिध्याउछु भन्दै युक्रेन जानका लागि ब्यारेकबाटै भागेपछि…(सेनाका जवानको तस्वीरसहित)

एजेन्सी – बेलायती सेनाको कोल्डस्ट्रिम गार्डसम्यानका रुपमा कार्यरत १९ वर्षका एक किशोर युक्रेनको तर्फबाट रुसी सेनासँग लड्नको लागि आफ्नो ब्यारेकबाट भागेर हिँडेका छन् । उनी भागेको खबर बाहिरिएपछि हेडक्वार्टरमा खैलाबैला मच्चिएको छ ।

उनको ड्युटी बेलायती महारानी एलिजाबेथ द्वितीयलाई सुरक्षा दिनु थियो । १९ वर्षका यी सैनिकले आफ्ना अभिभावकको लागि एउटा नोट लेखेर विंडसर क्यासलको ब्यारेकमा छोडेर पूर्वी युरोपको लागि एकतर्फी हवाइ टिकट बुक गरेको द सनले जनाएको छ ।

रक्षा अधिकारीहरुले उनलाई रोक्ने प्रयास गरिरहेका छन् किनकि उनी समातिएको खण्डमा रुसले युद्धमा बेलायत प्रवेश गरेको आरोप लगाउन सक्छ किनकि उनी बेलायती सैनिक हुन् ।  उनले निकस्टथहरुलाई युक्रेनको पक्षबाट लडेर रसियन राष्ट्रपति भ्लादिमिर पुटिनलाई सिध्याउछु भनेका थिए । 

सेनाको स्रोतले यी किशोर बिना सूचना ब्यारेक छोडेर गएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बेलायती सेनाका शीर्ष अधिकारीहरुले यी किशोरबाहेक विदामा रहेका अन्य सैनिकहरु पनि युक्रेनमा युद्ध लड्न गएको हुन सक्ने आशंका गरेका छन् ।

बहालवाला सैनिक यसरी युक्रेनमा लड्न भनेर गएको पुष्टि भएको यो पहिलो घटना हो । यसअघि अवकाश पाइसकेका सैनिकहरु मात्र युक्रेन गएका थिए ।

यसरी बहालवाला सैनिक नै लडाइँमा जाँदा यदि उनीहरु समातिए भने रुसले बेलायत युद्धमा प्रवेश गरेको आरोप लगाउन सक्ने र यसले ठूलो जोखिम उत्पन्न गर्न सक्ने त्रास बढेको छ ।

यी किशोरले ब्यारेकमा आफ्ना अभिभावकको लागि एउटा पत्र छोडेका थिए र पोल्याण्डसम्मको लागि वन वे टिकट किनेका थिए । त्यसपछि उनले अहिलेसम्म आफ्नो जुत्ताको फोटो मात्रै स्न्यापच्याटमा पोस्ट गरेका छन् ।

उनका साथीहरुले यो फोटोले उनी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको रक्षा बलमा मिसिन सफल भएको संकेत गरेको बताएका छन् । एसेन्जी

२०७८ फाल्गुन २७, शुक्रबार १२:४२ 0 Minutes 144 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।