२०७९ श्रावण ३१
  • काठमाडौँ

केपी ओलीले १३ करोडको होलीवाइन खाँदा बझाङका जनताले चामल खान पाउने कि नपाउने ?

नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली ‘स्नेही’ ले बझाङका जनताले चामल खान नपाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सासद रसाइलीले प्रधानन्त्री ओलीको नेतृत्वमा सरकार बनिसकेपछि १३ करोडको होली वाइन खाएको आरोप लगाउँदै बझाङका जनताले चामल खान नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

‘तपाईको सरकार बनिसकेपछि तपाईहरुले १३ करोडको होलीवा’इन खानु भयो तर बझाङका जनताले चामल खान पाउने कि नपाउने ? म सम्माननीय प्रधानमन्त्रीसँग यसको जवाफ माग्न चाहान्छु ।’

उनले आज मात्रै थलारा गाउँपालिका वडा नं २ का अध्यक्ष भिम खड्काले आफूलाई फोन गरेर आफूहरुले खडेरीका कारण चामल खान नपाएको बताउँदै अध्यक्ष खड्काले आफूहरुले आ’त्मह’त्या गर्नुपर्ने हो कि आन्दोलनका लागि माइतीघर मण्डला धाउनुपर्छ भन्ने प्रश्न गरेको बताए ।

सांसद रसाइलीले गतसाता बझाङ जिल्लाको साइपाल गाउँपालिकाकी उपाध्यक्ष कल्पना देवी बोहोराले दुधे बालक बोकेर मन्त्रालयमा धाउँदै ‘मेरो गाउँका जनताले चामल खान पाएनन’ भन्दै विभिन्न निकायमा धाएको पनि स्मरण गराएका थिए ।

२०७७ चैत्र १९, बिहीबार १३:०७ 0 Minutes 240 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।