२०७९ आश्विन १४
  • काठमाडौँ

२ नम्बरीबाट हटे पल शाह

काठमाडौँ — तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह फिल्म ‘२ नम्बरी’ बाट हट्ने भएका छन् । निर्माण युनिटले उनलाई हटाएर फिल्म पुरा गर्ने तयारी थालेको हो ।

निर्देशक दीपेन्द्र लामाले फिल्ममा पल शाहको ठाउँमा अर्को कलाकार लिएर काम गर्ने तयारी भएको बताए । पलभित्र भएपछि उनको ठाउँमा हामीले अर्को कलाकार लिएर काम गर्नैपर्छ’ निर्देशक लामाले भने ‘अहिलेसम्म पललाई हटाइएको छैन । अर्को कलाकार फाइनल भएपछि उनी हट्नेछन् ।’

निर्देशक लामाले उनको ठाउँमा अर्को कलाकार फाइनल नभएसम्म हटाइयो भनेर भन्न नमिल्ने बताए । ‘हामी फिल्म कहिलेबाट छायाङ्कन जाने भनेर छलफल गरिरहेका छौ । फिल्मको छायाङ्कन छिट्टै सुरु भयो भने पल शाह हट्नेछन्’ लामाले थपे ।

पहिलो चरणको कोरोना महामा,रीको कारण रोकिएको फिल्मको छायाङ्कन बल्ल अहिले सुरु हुन लागेको हो । फिल्मको १ चैत्रबाट छायाङ्कन सुरु हुने निर्माता किरण नेपालीले बताए । काठमाडौंबाट सुरु भएको फिल्मको छायाङ्कन पोखरामा पुगेर रोकिएको थियो ।

अहिले फिल्मको छायाङ्कन लोकेसन र केही कलाकार पनि फेरिने बताइएको छ । फिल्मका एक कलाकार जयनन्द लामाको निधन भएको छ । दयाहाङ राई, उगेन छोदेन भुटानी अभिनेत्री, वर्षा राउत लगायतको मुख्य भूमिका रहने फिल्ममा निर्देशक लामाकै कथा रहेको छ । योहो खबर बाट

२०७८ फाल्गुन २६, बिहीबार २२:४३ 0 Minutes 179 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।