२०७९ आश्विन २२
  • काठमाडौँ

ड्युटीको वि’वादमा बीएसएफ जवानद्वारा ४ जना साथीको ह’त्यापछि आ’त्मह’त्या

ड्युटीलाई लिएर विवा’द हुँदा पञ्जाबको अमृतसर जिल्लामा रहेको बीएसएफ (सीमा सुरक्षा बल) मुख्यालयमा आइतबार बिहान एक जवानले मेसमा अ’न्धाधुन्ध

गो’ली चलाउँदा ४ जवानको मृ’त्यु भएको छ भने १ जना ग’म्भीर घाइ’ते भएका छन् । सोही क्रममा गो’ली चलाउने सिपाहीले पछि आफैलाई पनि गो’ली हानेका थिए ।

उनको पनि अस्पताल लैजाँदै गर्दा बाटोमै मृ’त्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । गो’ली चलाउने जवान १४४ बटालियनका कन्स्टेबल सत्यप्पा एसकेको रहेका छन् ।

मृतक जवानको पो’स्टमार्ट’म सिभिल अस्पताल अमृतसरमा भइरहेको छ । प्राप्त जानकारी अनुसार १४४ बटालियनका जवानहरू बीएसएफ मुख्यालयको मेसमा खाजा खाइरहेका थिए ।

सत्यप्पा एसके रि’समा आएर अ’न्धाधु’न्ध गो’ली चलाउन थाले । मेसमा गो’ली चलाएर सत्यप्पाले आफ्ना ४ जना सहकर्मीको ह’त्या गरेका थिए भने एक युवक राहुल ग’म्भीर घाइ’ते भएका थिए।

सत्यप्पा यतिमा पनि रोकिएनन् । उनी आफ्नो सर्विस कम्बाइन लिएर मेसबाट बाहिर निस्किए फायर गर्न जारी राखेका थिए ।

अन्ततः समातिने ड’रले सत्यप्पाले आफैलाई पनि गो’ली हाने । चार जवानको घ’टनास्थलमै मृ’त्यु भयो, हवल्दार सत्यप्पा र एक अन्य घाइ’ते जवानलाई अस्पताल लगिएको थियो। बाटोमै सत्यप्पाको मृ’त्यु भयो ।

गुरुनानक देव अस्पतालमा ल्याएका उनलाई चिकित्सकले मृ’त घोषणा गरेका थिए । अर्का घा’इते प्रहरी जवानको उपचार जारी रहेपनि अवस्था चि’न्ताजनक रहेको छ ।

रातोपाटीबाट

२०७८ फाल्गुन २३, सोमबार ११:१५ 0 Minutes 220 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।