२०७९ आश्विन २१
  • काठमाडौँ

घर~घरमा युवती डेलिभरि गर्ने पक्राउ

कास्की, जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले मानव बे’च’बि’ख’न मु’द्दा’मा सं’ल’ग्न ३ जनालाई आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-७ मुस्ताङ चोक घर भई सोही महानगरपालिका-१७ रातोपहिरा बस्ने ३० वर्षीय नारायण पोखरेल, सिन्धुपाल्चोक चौतारा-६ ठूलीधारा स्थायी ठेगाना भई पोखरा महानगरपालिका-६ जरेबर बस्ने २२ वर्षीया पुजा थापा मगर र बाँके चिसापानी-९ स्थायी घर भई हाल पोखरा महानगरपालिका-६ जरेबर बस्ने २२ वर्षीय विशाल योगी रहेका छन् ।

पोखरा महानगरपालिका-६ लेकसाईडमा कोठा भाडामा लिई तथा फोन सम्पर्कको आधारमा विभिन्न होटेलहरूमा महिलाहरूलाई ज’ब’र’ज’स्ती वे’श्या’वृ’त्ति कार्यमा सं’ल’ग्न गराई रहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त कार्यमा सं’लग्न उनीहरूलाई प’क्रा’उ गरेको हो ।

उनीहरू उपर मानव बेच-बिखन तथा ओसार पसार मु’द्दामा जिल्ला अदालत कास्कीबाट ८ दिन म्याद थप गरी अ’नु’स’न्धा’न प्रकृया अगाडि बढाइएको छ ।

२०७८ फाल्गुन २२, आईतवार १७:४० 1 Minute 174 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।