२०७९ आश्विन १८
  • काठमाडौँ

अष्ट्रेलिया आएको २ महिना नपुग्दै एक नेपाली विद्यार्थी मृ’त फेला

उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएको दुई महिना नपुग्दै एक नेपाली विद्यार्थी मृ’त फेला परेका छन्। काठमाडौं गल्फुटारका सुजन बस्नेत अस्ट्रेलिया आएको २ महिना नपुग्दै अर्वनस्थित आफ्नै कोठामा मृ’त फेला परेको प्र’हरीले जनाएको छ। वेन्टवर्थ इन्सिच्यूटमा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया आएका उनी कलेजसमेत जान पाएका थिएनन्। सुजनलाई अष्ट्रेलिया आउनेबित्तिकै एनआरएन न्यु साउथवेल्सका सल्लाहकार सन्तोष श्रेष्ठले आफैंसँग पन्ध्र दिन राखेका थिए।

काम पाएपछि उनी अर्वन सरेका थिए। आफैंले एयरपोर्टबाट पिकअप गरेर घरमा राखेको व्यक्तिको यस्तो खबर सुन्नुपर्दा निकै पीडा भएको सन्तोषले बताए। मैले नै उनलाई विमानस्थलबाट ल्याएर घरमा राखेको थिएँ, राम्रो र आकर्षक ब्यक्तित्वका धनी थिए’, उनलेभ भने, ‘केही दिनमा काम पाएपछि उनी मेरो घरबाट अर्वन सरेका थिए। आज यस्तो दुःखद खबर सुन्नुपर्दा निकै पीडा महसुस भएको छ’, सन्तोषले भने।

यसरी एउटा नेपाली युवाले अस्ट्रेलियामा पढाइ सुरू नगर्दै मृ’त्युवरण गरेको घ’टनाले निकै दुःखी बनाएको एनआरएन न्यु साउथवेल्सका सचिव विनोद कुँवरले बताए। हामीले सकेसम्म नेपाली विद्यार्थीको हक हितमा काम गर्ने प्रयास गरिरहेका छौं। तर पनि यसरी दुःखद घटना घटनु नेपाली समाजको लागि पी’डादायक विषय हो’, विनोदले भने। उनले सुजनको शवलाई नेपाल पठाउन आफूहरूले सहयोग संकलनसमेत सुरू गरेको जानकारी दिए।

जनवरी १७ मा उच्च शिक्षा अध्यनको लागि नेपालबाट अस्ट्रेलिया आएका सुजनको यो घ’टनाक्रमले एक पटक फेरि नेपाली समुदायले तरंगित पारिदिएको छ। उज्वल भविष्यको कल्पना गरेर विदेशमा अध्ययनका लागि पठाएका छोरा छोरीको पढाइ सुरू नहुँदै मृत्युको यस्तो दुखद खबर सुन्नुपर्दा अभिभावकलाई कस्तो बज्रपात पर्‍यो होला?’, सन्तोषले भने। मृत अवस्थामा भेटिएपछि प्र’हरीले अनुसन्धानको लागि उनको शव लिडकमस्थित शवगृहमा राखेको छ।

‘मैले काम लगाइदिएको थिएँ। तर घटना घटनु एक दिन अघिदेखि उनी काममा गएका रहेनछन्’, एनआरएन एनएसडब्लु सदस्य सागर रिजालले भने। उनले भर्खर पढाइका लागि नयाँ ल्यापटप किनेर ल्याएको सागरले सम्झना गरे। ‘यो हाम्रो नयाँ पुस्ताको लागि एउटा दुःखद खबर हो’, उनले भने। एनआरएन एनएसडब्लुका युवा संयोजक विक्रम

दाहालले यस्ता खाले दु’घर्टनाले नेपाली समाजलाई फरक र अलग पी’डादायक सन्देश प्रवाह गरेको बताए। हामीले आफैं छोरारीलाई विदेश पठाउनुअघि निकै विषयमा ध्यान दिन जरूरी हुन्छ, किनभने यताको वातावरण र अवस्थाका बारेमा नबुझिकन घरमा पुलपुलिएर हुर्केका युवालाई विदेश पठाउँदा कहिलेकाही गम्भी’र दु’र्घटना घ’ट्नसक्छ’, दाहालले भने।

२०७८ फाल्गुन २२, आईतवार १२:२२ 0 Minutes 155 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।