२०७९ आश्विन २१
  • काठमाडौँ

कति बर्ष युएई बसेकाले पाउछन् युएईको नागरिता ?

युएई : संयुक्त अरब इमिरेट्स (युएई)ले अन्य मूलुकका व्यक्तिलाई समेत नागरिकता दिने भएको छ । युएईले बिख्यात बिदेसी नागरिकलाई नागरिकता दिने युएई सरकारले निर्णय गरेको हो ।

‘अब, युएईको नागरिकता जुनसुकै देशका लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकारलगायतले युएईको नागरिक बन्न पाउनेछन् ।’ युएईका उपराष्ट्रपति दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मकतुमले भनेका छन्, ‘विदेशी र उनको

परिवारका सदस्यहरुले समेत दोहोरो नागरिकता राख्न सक्नेछन् ।’ विशेष गरी युएईमा बिदेसी नागरिक बाहिरिएसँगै पर्न सक्ने असर रोक्न र आगामी दिनमा युएईको विकासे यात्रालाई योगदान दिन सक्ने प्रतिभा र क्षमतावान व्यक्तिहरुलाई आकर्षित गर्ने यस्तो तीति अवलम्बन गरीएको शासक मकतुमको भनाई छ ।

यहाँस्थित अबुधाबीबाट प्रकाशित हुने ‘द नेशनल’ नामक पत्रिकामा उल्लेख भएअनुसार युएई सरकारको नयाँ नीतिले बिभिन्न देशका खास क्षेत्रमा विज्ञता हासील गरेका नागरिकहरुले लाभ लिन सक्नेछन् ।

पत्रिका ‘द नेशनल’का अनुसार युएईको नागरिकता पाउन छुट्टै कुनै आवेदन दिनुपर्दैन । शाही परिवार र सरकारी अधिकारीहरु सम्मीलित समितिले इच्छुक बिदेसी नागरिकहरुमध्ये नागरिकता दिन सकिनेहरुको नामावली तयार गर्ने बताइएको छ ।
सोही नामावलीको आधारमा युएई सरकारको मन्त्रिपरिषदले निर्णय गर्ने बताइएको छ ।

२०७८ फाल्गुन २१, शनिबार १९:३० 0 Minutes 228 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।