२०७९ आश्विन १४
  • काठमाडौँ

चम्किन नपाउँदै दुई युक्रेनी फुटबलर मारिए

एजेन्सी । युक्रेनमा रुसी आक्रमण जारी रहेको छ। रुस–युक्रेनबीचको युद्धमा सयौंको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

रुसले युक्रेनको राजधानीसँगै ठूला शहरहरुलाई आफ्नो निशाना बनाइरहेको छ। युक्रेनले रुसले गैरसैनिक इलाका हरुमा आ’क्रमण गरी युद्ध अ,प,राध गरेको आरोप लगाइरहेको छ।

दुई देशबीचको युद्धमा दुई युक्रेनी फुटबलर मारिएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फुटबलरद्वय भिटाली सापिलो र डीमाइट्रो मार्टिनेन्कोको मृ’त्यु भएको छ।

‘फुटबलरहरु भिटाली सापिलो र डीमाइट्रो मार्टनेन्कोको परिवार, साथीभाई र सहकर्मीहरुलाई हाम्रो समवेदना छ , यो युद्धमा भएको क्षतिबारे फुटबल फस्टले उल्लेख गरेअनुसार,’ फिफप्रोले आफ्नो विज्ञप्तिमा भनेको छ।

२१ वर्षीया सापिलो जो सेकेण्ड डिभिजन कारपार्टी लिभमा आबद्ध थिए, उनी किभ नजिकै भएको आक्रमणमा मारिएका हुन्। उनले ट्याङ्क कमाण्डरका रुपमा आर्मी जोइन गरेको रिपोर्टमा उल्लेख गरिएको छ। अर्कोतर्फ २५ वर्षीय मार्टिनेन्को जो क्षेत्रीय क्लब एफसी गोस्टोमेलका उदीयमान खेलाडी थिए उनको पनि अपार्टमेन्टमा भएको वि’स्फोटमा मृत्यु भएको हो । सो वि’स्फोटमा उनकी आमाको पनि मृत्यु भएको बताइएको छ।

२०७८ फाल्गुन २०, शुक्रबार १८:५३ 1 Minute 166 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।