२०७९ आश्विन २१
  • काठमाडौँ

मेडिकल रिपोर्ट आयो , नाबालिगको कन्या जाली च्यातिएको

काठमाडौँ : पल शाहले ब’ला’त्का’र गरेको आरोप लागेको पीडित नाबालिग रहेको देखिएको छ। प्रहरीले प्राप्त गरेको पीडितको जन्म दर्तामा उनको जन्म मिति २०६२ साउन रहेको खुलेको छ।

पलविरु’द्ध किन तनहुँ पुग्यो ब’ला’त्कार जा’हे’री ?

सो जन्म मिति अनुसार २०७८ साउनमा उनी १६ वर्ष पुगेको देखिन्छ। घ’ट’ना’को समयमा उनको उमेर १५ वर्ष देखिन्छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार अनुसन्धान प्रक्रियामा उमेर पहिल्याउने प्रमुख प्रमाण जन्म दर्ता नै हो।
‘जन्म दर्ताको आधारमा घ’ट’नाको समयमा उनको उमेर १६ वर्ष भन्दा कम देखिएको छ। अ’नु’स’न्धानमा हेर्ने भनेको जन्म दर्ता नै हो।’

प्रहरीले पीडितको स्वास्थ्य परीक्षण पनि गरिसकेको छ। स्वास्थ्य परीक्षणमा नाबालिगको कन्या जाली च्यातिएको स्वास्थ्य प्रतिवेदन आइसकेकाले आरोपी वि’रु’द्ध दुवै प्रमाण बलियो रहेको एक प्रहरीले जानकारी दिए।

तनहुँ प्रहरीको हिरासतमा रहेका पलले प्रहरी बयानमा भने आ’रोप अस्वीकार गरेका छन्। उनले पीडित परिचित रहेको र सँगै म्युजिक भिडियो खेल्नेक्रममा एकै होटलमा बसे पनि ब’ला’त्कार भने नगरेको दाबी गरे पनि दुवै प्रमाण उनी वि’रु’द्ध देखिएको छ।

नाबालिग गायिकाले पल वि’रु’द्ध बलात्कारको जाहेरी दिएपछि पाँच दिन लुकेर उनी आइतबार प्रहरी कार्यालय पुगेर सरेन्डर गरेका थिए। प्रहरीले सात दिनको अनुमति लिएर हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। अनुसन्धानमा घ’ट’ना’स्थलको मुचुल्का, बयान लगायतको प्रक्रिया जारी रहेको अनुसन्धानस्रोतले बतायो। प्रहरीले प्रमाण बुझ्ने काम समेत जारी राखेको छ।Glaxy24news

२०७८ फाल्गुन २०, शुक्रबार ०८:५४ 1 Minute 237 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।