२०७९ आश्विन २१
  • काठमाडौँ

मुगुबाट सुर्खेत लैजादै गरेकी महिलाले हेलिकोप्टर भित्रै शिशुलाई जन्म दिएपछी !

मुगुबाट सुर्खेत लैजादै गरेकी महिलाले हेलिकोप्टर भित्रै शिशुलाई जन्म दिएपछी !

जुम्ला – नेपाली सेनाको हेलिकोप्टरमा मुगुकी एक महिलाले शिशुलाई जन्म दिएकी छिन। खत्याड गाउँपालिका-४ की २० बर्षीया धनलक्ष्मी रावलले उद्धार गर्न पुगेको हेलिकोप्टरभित्रै शिशुलाई जन्म दिएकी हुन्।

कर्णालीलगायत दुर्गम क्षेत्रका धेरै गर्भवति महिलाको सुत्केरी हुने क्रममा अकालमै मृत्यु हुने गरेको थियो।

यही कारण सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुर्गमका सुत्केरीलाई उद्धार गर्ने कार्यविधि बनेको छ। जसमार्फत मंगलबार मुगुबाट सुर्खेत लैजादै गरेकी महिलाले हेलिकोप्टरभित्रै शिशुको जन्म दिएको नेपाली सेनाका मेजर बिलिना मल्लले बताइन।

आमा र शिशुलाई प्रदेश अस्पताल लगिएको छ । सेना दिवसको अवसरमा त्यो मानवीय उद्धार नमूना सेवा भएको नेपाली सेनाले जनाएको छ।

टाइम्स खबर बाट

२०७८ फाल्गुन २०, शुक्रबार ००:३९ 1 Minute 260 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।