२०७९ आश्विन २२
  • काठमाडौँ

युक्रेन युद्धमा यसरी मारिइन् डा. मरिना कलोबिनोई

कीभ—

युक्रेनमा जारी सैनिक संघर्षका क्रममा एक जना महिला चिकित्सकले ज्यान गुमाएकी छन् । युक्रेनका स्वास्थ्यमन्त्री भिक्टर लियस्कोले रुसी हमलामा परेर डा. मरिना कलाबिनोई मारिएको बताएका छन् । मन्त्री लियस्कोकाअनुसार उनी चिल्ड्रेन कार्डियोलोजिष्ट र कार्डियाक सर्जन थिइन् ।

उनी स्थानीय एक साइन्टीफिक मेडिकल सेन्टरमा कार्यरत थिइन् । कीभ क्षेत्रको कुखारी गाउँमा उनी आफ्ना घाइते भतिजालाई अस्पताल लैजाने क्रममा मारिएकी हुन् ।

‘कीभको कुखुरी गाउँमा जब उनी आफ्नो घायल भतिजालाई अस्पताल लगिरहेकी थिइन्,’ मन्त्री लियस्कोले भनेका छन्, ‘तब उनको कारमा गो’ली हा’नि’यो । उनको गो’ली ला’गे’र निधन भयो ।

’ मंगलबार उनको मृत्यु भएको बताइएको छ । साथै उनले रुसी चिकित्सहरुसँग यस्ता अत्याचारी कृत्यका निन्दा गर्न, युद्ध रोक्न र सहयोगी युक्रेनी चिकित्सकको सुरक्षाका लागि खडा हुन अपिल गरेको उल्लेख गरेका छन् । हेल्थ आवाज बाट

२०७८ फाल्गुन १९, बिहीबार १९:०५ 0 Minutes 134 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।