२०७९ आश्विन २२
  • काठमाडौँ

नाबालिगसँग यौनसम्बन्ध स्थापित गर्नु अपराध : श्रृंखला खतिवडा

काठमाडौं, १८ फागुन । अहिले सामाजिक सञ्जाल अभिनेता पल शाह प्रकरणले तातिरहेको छ ।

ब’ला’त्का’रको आ’रो’प’मा पल शाह प्रहरीको हिरासतमा रहेका छन् । नाबालिग गायिकाले शाहवि’रु’द्ध ज’ब’र’ज’स्ती क’र’णीको आ’रो’प’मा उ’जुरी दिएपछि उनले आफै आत्मसमर्पण गरेर तनहुँ पुगेका थिए । अब यस विषयमा कलाकारहरु पनि बोल्न थालेका छन् । अभिनेत्रीहरु रेखा थापा, ऋचा शर्मा लगायतले नाबालिगको पक्षमा खुलेर बोलेका छन् ।

त्यस्तै, आज पुर्व मिस नेपाल श्रृंखला खतिवडाले पनि मुख खोलेकी छिन् । एउटा वयस्कले नाबालिगमाथि यौ’नसम्बन्ध स्थापित गर्नु कानुन विपरित भएको खतिवडाको भनाइ छ ।

सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत खतिवडाले लेखेकी छिन्,‘कानुन वयस्कहरुलाई यस्ता नाबालिगको खोजी गर्नबाट रोक्नमा मद्दत गर्नका लागि बनाइएका हुन् जुन सजिलै प्रभावित हुनसक्छन् वा आफैंले कुनै निर्णय लिन असमर्थ हुनसक्छन् ।’

मानिसहरुले एक नाबालिगलाई भन्दा ३० वर्ष नाघिसकेका व्यक्तिलाई समर्थन गरिरहेकोमा आफुलाई विश्वास नभइरहेको उनको भनाइ छ । यो सम्बन्धले युवतीमा कस्तो मानसिक प्रभाव पारेको छ भन्ने कुरा कसैले कल्पना गर्न नसक्ने उनले बताएकी छिन् । नाबालिग जताततै अन्तरवार्तामा आउनुलाई खतिवडाले अपरिपक्कको संज्ञा दिएकी छिन् ।

पुर्व मिस नेपाल खतिवडाले ती नाबालिगलाई आत्मबल बलियो बनाउन पनि सुझाव दिएकी छिन् । नाबालिगसँग यौ’नसम्बन्ध स्थापित गर्नु अ’प’रा’ध भएको उनले स्पष्ट पारेकी छिन् । आजकाल धेरै नाबालिगले आफूभन्दा निकै पाको उमेरका पार्टनरसँग यौ’नसम्बन्ध स्थापित गरिरहेको भन्दै उनले जसको कारण जीवनभरी नै गहिरो घा’उ बनिरहेको पनि बताएकी छिन् ।

२०७८ फाल्गुन १८, बुधबार १६:०५ 0 Minutes 216 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।