
काठमाडौं । अध्यागमन विभागले माल्टा हिँडेका सातजनालाई फर्काएको छ । शं’कास्पद रहेको भन्दै विभागले उनीहरुको यात्रा रोकेको विमानस्थल स्रोतले जनाएको छ ।
विभागका अनुसार आइतबार उनीहरु भारतहुँदै माल्टा हिँडेका थिए। श्रम स्वीकृ’तिसमेत नभएपछि ‘शं’कास्पद यात्रा’ भन्दै प्रस्थान अनुमति नदिएको अध्यागमन कार्यालयले जनाएको छ।
एयर इन्डियाको जहाजबाट उनीहरु माल्टा जाने तयारीमा थिए। उनीहरुसँग माल्टाको श्रम स्वी’कृति थिएन।
मा’नव तस्क’रको सञ्जा’लमा परेको आ’शंकामा अध्यागमनका अधिकारीहरुले उनीहरुलाई प्रस्थान अनुमति दिन अस्वी’कार गरेको हो।
आइतबार अध्यागमनबाट फिर्ता हुनेमा ललितपुरका सुजन तामाङ, धादिङका वीरसिंह तामाङ र मंगले तामाङ, सुनसरीका कुवेर कोइराला,
कास्कीका अनुप लामिछाने, लम्जुङका बिमला लुँइटेल र स्याङ्जाका किरन गुरुङ रहेका छन्।
पछिल्लो समय मानव तस्करका घट’नाहरु बढेका कारण भिजिट भिसामा क’डाइ गरिएको छ। गृह मन्त्रालयको निर्देशनमा अध्यागमले शं’का लाग्ने यात्रुलाई तत्काल विदेश जानबाट रोकिरहेको छ ।
स्वदेश नेपालबाट