२०७९ आश्विन १४
  • काठमाडौँ

अमेरीकासँग ६० अर्ब लियौँ, चीनसँग ७० अर्ब मागौँ र भारतसँग ८० अर्ब मागौँ : गगन थापा

काठमाण्डौँ । काँग्रेस सांसद गगन थापाले एमसीसीको ब्याख्यात्मक घोषणा अमेरीकाले स्वीकार गर्ने बताएका छन् ।

यो घोषणा नमाने एमसीसी अघि नबढ्ने उनले संसदमा बोल्ने क्रममा बताए । एमसीसी रा,ष्ट्रघा,ती नभएको भन्दै नेपालको संविधान भन्दा माथि छ भन्ने कुरा हावादारी भएको पनि थापाले जिकिर गरे ।

उनले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन हुने पनि बताए । बितेका १० वर्षमा सरकारमा गएका दल र नेता सबै एमसीसीमा सम्झौता गर्न संलग्न रहेको उनले बताए।

महामन्त्री थापाले अनुदानकै रूपमा सबै मित्रहरूसँग सकेसम्म नेपाललाई न,कारात्मक असर नपर्ने गरेर अनुदान लिँदै आएको बताए। ‘भारतसँग बिप्पा, चीनसँग बीआरआई र अमेरिकासँग एमसीसी यसकै उदाहरण हुन्,’ थापाले अगाडि भनेका छन्।

अमेरिकाबाट ६० अर्ब लियौँ। अब चीनमा गएर ७० अर्ब मागौँ। भारतसँग ८० अर्ब मागौँ, उनले भने यहाँ कसैले कसैसँग दोष लगाएर हुँदैन।

२०७८ फाल्गुन १६, सोमबार ००:५५ 0 Minutes 155 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।