२०७९ आश्विन १८
  • काठमाडौँ

एमसीसी अहिले पास गर्नु भनेको देशलाई द्वन्द्वमा लैजानु हो : अध्यक्ष लिङ्देन

एमसीसी अहिले पास गर्नु भनेको देशलाई द्वन्द्वमा लैजानु हो : अध्यक्ष लिङ्देन

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसीलाई अहिले पास गर्नु भनेकाे देशलाई द्वन्द्वमा लैजानु भएको दाबी गर्नुभएको छ । 

आज आइतवार संसदमा बोल्दै अध्यक्ष लिङ्देनले एमसीसीको विषयमा सम्पूर्ण देश नै विवाद र अन्योलमा परेको बेला संसदबाट सामान्य छलफल गरेर यसलाई पारित गर्न खोज्नु आपत्तिजनक रहेको बताउनुभयो । 

‘जनता सडकमा छन्, सुरक्षा व्यवस्था कडा छ, काँडेतार लगाइएको छ, संसद्को सबैभन्दा ठूलो दल नारा र जुलुसमा छ, पूरै देशको ध्यान केन्द्रित भएको बेला एमसीसी सम्झौता अनुमोदनका लागि पेस गरिएको छ, यो केवल

आर्थिक सहायतको विषय मात्र होइन, नेपाली नागरिकलाई नै विभाजित बनाउने विषय भएकाले राष्ट्रिय सहमति खोज्नुपर्छ, यसलाई स्थगन गरेर नयाँ ढङ्गले अघि बढाउनुपर्छ’, लिङ्देनले भन्नुभयो । 

२०७८ फाल्गुन १५, आईतवार ११:३१ 0 Minutes 123 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।