२०७९ आश्विन २२
  • काठमाडौँ

दुनियाले पागल भने तर उल्टो हिड्न छाडेनन् यी व्यक्ति ( भिडियो सहित )

दाङका ऋषि परियारले उल्टो पैदल यात्रा गर्ने क्रममा हेटौडा वडा न. १९ को नेवापानि प्रवेश गर्नुभएको छ । तुलसीपुर ३ रानागाउँ निवासी परियारले गत माघ १५ गतेदेखी मेची महाकाली उल्टो पैदल यात्रा सुरु गर्नुभएको थियो ।

पुर्वको झापा जिल्लाको मेची पुलबाट उल्टो पैदल यात्रा सुरु गर्नुभएका परियारले अहिले सम्म झापा सहित मोरङ, सुनसरी, सप्तरी, सिरहा र धनुषा जिल्ला पार गरी सक्नु भएको छ ।बुधलवार दिउँसो १ बजे हेटौडा जिल्ला प्रवेश गर्नु भएको हो।

उहाले अहिले सम्म झन्डै चार सय बिस किलोमिटर दुरी यात्रा गर्नुभएको छ । स्वास्थ्यका लागी मेची महाकाली उल्टो पैदल यात्राको सुरुवात गर्नुभएका उहाले सवैको साथ र सहयोग राम्रो पाएको प्रतिक्रिया दिनुभयो । माघ १५ गतेदेखी निरन्तर दैनिक पैदल यात्रा गरेको उहाले बताउनुभयो । मोहत्तरी जिल्ला प्रवेश गरे संगै बिचमा ३६ किलोमिटरको लामो जंगलको बाटो पर्ने भएकाले मंगलवार दिउँसो एक बजेपछि यात्रालाई स्थगित गरिएको बताउनुभयो ।

बुधवार विहान देखी फेरी यात्रालाई जारी राख्ने उहाले बताउनुभयो ।फरक कला र प्रतिभा भएका परियारले यस अघि हातले टेकेर गिनिज बुक(विश्व रेकर्ड)मा नाम लेखाई सक्नु भएको छ । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

२०७८ फाल्गुन १४, शनिबार ०४:०३ 0 Minutes 266 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।