२०७९ आश्विन २१
  • काठमाडौँ

टेनिस सुन्दरीलाई पछ्याउने अमृतलाई सजाय : १८ महिना सामाजिक सेवा गर्नुपर्ने

काठमाडौं । बेलायती टेनिस सुन्दरी इमा राडुकानुलाई पछ्याएर सताएको आरोपमा दोषी ठहर भएका अमृत मगरलाई १८ महिना सामाजिक सेवा गर्नुपर्ने सजाय सुनाएको छ ।

नेपालका ३५ वर्षीय मगरले ५ वर्षसम्म राडुकानुको सुरक्षामा आँच आउने कुनै पनि व्यवहार नगर्न सक्ने भन्दै ‘निरोधक आदेश’ सुनाइएको गार्डियनले जनाएको छ । लण्डनको एजवेयरमा बस्दै आएका मगरलाई गत महिना टेनिस सुन्दरी राडुकानुलाई पछ्याएर सताएको मुद्दामा दोषी ठहर गरेको थियो ।

डेलिभर ट्राइभर समेत रहेका मगर २३ माइल हिँडेर राडुकानको घरमा कैयौं पटक पुगेका थिए । त्यस क्रममा उनले राडुकानुको सम्झेर चिनो स्वरुप उनका बाबुको जुत्ता लिएर गएका थिए ।

गत नोभेम्बर १ देखि ४ डिसेम्बरसम्म तीन पटकसम्म राडुकानुको घरमा फूल, कार्ड र २३ माइल हिँडेको नक्सा लगायतका सामान छोडेका थिए । ‘मेरो केही भन्नु छैन तर तपाईँ प्रेमको हकदार हुनुहुन्छ’, उनले छोडेको फूलको गुच्छामा लेखिएको थियो ।

टेनिस सुन्दरी राडुकानीका बाबु इयानले डोर बेलमार्फत् सूचना पाएपछि अदालतमा उजुरी दिएका थिए । राडुकानुले आफू एक्लै बाहिर जान डराएको बताएकी थिइन् । ‘यो घटनापछि मलाई झर्को लाग्न र रिस उठ्न थालेको छ’, अदालतमा दिएको बयानमा उनले भनेकी थिइन्, ‘घर बाहिर निस्कँदा र विशेष गरी एक्लै हिड्ना मलाई डर लाग्छ ।‘

मगरको व्यवहारबाट आफ्नो स्वतन्त्रता खोसिएको भन्दै घरमै आफू सुरक्षित हुन नसेको पनि राडुकानुको बयान थियो । अनलाइन खबर बाट

२०७८ फाल्गुन १४, शनिबार ०१:४८ 0 Minutes 146 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।