२०७९ आश्विन १४
  • काठमाडौँ

काम गर्न राखेकी महिलासगंं श्रीमान फ’रार,काममा जान्छु भनेर दुबै जना बिदेश भागे(भिडियो हेर्नुस)

पर्सा जिल्लाको बिरगंज घर भै हाल काठमाडौ बस्दै आएकि शितल यादव आफ्नो श्रीमान सरोज यादव अर्कै केटि लिएर बिदेश भागेको भन्दै मिडियामा आएकी छिन । आल्मुनियमको झ्याल ढोका बनाउने लगायत कन्ट्रक्सनमा चाहिने सम्पुर्ण सामाग्रीको कारोबार गर्ने आफ्नै एउटा सानो कम्पनी चलाउदै आएका श्रीमान त्यही काम गर्न राखेको महिला स्टाफसगँ अहिले फरार भएको उनले बताएको छिन । उक्त स्टाफसगँ श्रीमानको पहिले देखि नै सम्बन्ध भएको आफुले थाहा पाएको उनले बताईन ।

श्रीमान सरोज यादब आफैले नै रोजेर आफुलाई बिबाह गरेको उनले बताईन । बिबाह पछि पनि आफुहरुको सम्बन्ध धेरै राम्रो रहेको उनको भनाई छ । आफुहरुले साथमा निकै दुख गरेर यहाँसम्म आएको शितलले बताईन । अहिले आफ्नो दुई नानिहरु पनि भएको उनले बताएकी छिन । दोश्रो बच्चा पेटमा बसे पछि आफू काममा जान नसकेकोले दुबै जनाको सल्लाहमा नै आफुहरुले स्टाफ राखेको शितलको भनाई छ । उक्त महिला स्टाफ राखे पछि भने सम्बन्ध बिग्रीएको उनले बताईन ।

श्रीमानको ती महिलासगँ सम्बन्ध हुन थालेको आफुले सुने पनि आफुले श्रीमानलाई धेरै बिस्वास गरेकोले त्यति वास्ता नगरेको शितल बताउछिन । साथै आफुले कहिले काहीँ श्रीमानलाई बाहिर यसरी कुरा गर्छन के हो ? भनी सम्झाउने गरेको शितल बताउँछिन । तर श्रीमानले त्यस्तो केही होइन भनेर आफुलाई भने पछि आफुले पनि बिस्वास गरेको उनले बताईन । तर पछि भने उनिहरुको सम्बन्ध निकै अगाडि बढेको आफुले नै थाहा पाएको शितलले बताईन ।

आफुले उनिहरु सम्बन्ध छन भन्ने कुराको प्रमाण नै भेटेको उनले बताईन । त्यस पछि भने आफुले श्रीमान र उक्त महिला दुबैलाई राखेर पनि सम्झाएको उनले बताएकी छिन । आफुले ती महिलालाई पनि बोलाएर धेरै सम्झाएको उनको भनाई छ । तर उनिहरु छुट्टिन नसक्ने अवस्थामा पुगेको आफुले पाएको उनको भनाई छ । त्यस क्रममा श्रीमानले आफुलाई हात समेत हालेको उनले बताएकी छिन । केश प्रहरिसम्म पनि पुगेको शितल बताउँछिन । प्रहरिमा मिलेर आए पनि उनिहरुको सम्बन्ध निरन्तर चलेको उनको भनाई छ ।

कुरा निकै अगाडि बढे पछि श्रीमानले ती महिलालाई बिदेश पठाएको उनले बताईन । आफ्ना आफन्तहरुले पनि केटि बिदेश गए पछि श्रीमान त्यो सग लाग्दैन भनेकोले आफू पनि त्यही भरोसामा बसेको तर केटि बिदेश गए पछि पनि उनिहरुको सम्बन्ध रहेको आफुले श्रीमानको मोबाइलबाट थाहा पाएको उनले बताईन । उक्त कुरा थाहा पाए पछि भने श्रीमान पनि हिडेको उनको भनाई छ । काममा जान्छु भनी घरबाट हिडेको श्रीमान अहिले बिदेश पुगि सोही केटिसगँ भएको उनले बताईन । (भिडियो हेर्नुस)

२०७८ फाल्गुन ११, बुधबार १३:०४ 0 Minutes 184 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।