२०७९ आश्विन १४
  • काठमाडौँ

एमसीसी पास गर्नु पर्छ भन्ने दुई युवानेतालाइ खाडीबाट छबिलालले गरे खवरदारी

काठमाडौं
छबीलाल सुवेदी !

खाडिमा श्रम गर्दै आएका युवा छबिलाल सुबेदीले कांग्रेसका महामन्त्री गगन कुमार थापा र विश्वप्रकाश शर्मालाई एमसिसिको पक्षमा भएको थाहा पाए पश्चात् आफ्नो मत खह्रो रुपमा प्रस्तुत गरेका छन् । सुवेदी खाडीमा भए पनि युवा नेतृत्व सत्तामा पुगी देशको मुहार फेरिनु पर्छ भन्ने मनसाय राख्दछन् तर युवा नेताहरुले नै राष्ट्रलाई घात गर्न लागेको देख्दा उनी आक्रोशीत भई आलोचनामा उत्रीएका छन् ।

सुबेदिले कांग्रेसका नेतालाई मात्र नभै नकारात्मक बाटोमा जाने जुनसुकै पार्टिका नेता तथा अन्य व्यक्तिहरुलाई समेत आफ्नो सामाजिक संजाल फेस्बुक मार्फत दह्रोखह्रो रुपले खबरदारी साथ आफ्नो विचार व्यक्त गर्दै आएको हामीले उनको फेस्बुकका लेखहरु हेर्दा थाहा पाउन सक्छौं । आफुँ राजनीतिक खिचातानीले गर्दा नै प्रवास बस्न परेको आक्रोश बारम्बार पोख्दै आएका सुबेदिले कांग्रेस नेता थापा र शर्मालाई यसरी आलोचना गरेका छन् :

“युवाहरु नेतृत्वको माथिल्लो बिन्दुमा पुग्नुपर्छ र मुलुकलाई सहि तवरले निकास दिलाउनु पर्छ भन्ने हेतुले गगन कुमार थापा र विश्वप्रकाश शर्मा लाई कांग्रेसको महामन्त्री हुनु अगावै यिनिहरु माथिल्लो स्थानमा जाउन् भनी शुभकामना दिदै आवाजहरु बुलन्द मैले लगायत कयौं युवाले विभिन्न हिसाबले गरेका थियौं नै । महामन्त्री बने पश्चात् त झन् कति हो कति प्रशंसा गर्दै अब मुलुकमा युवाको अलिकती भएनी स्थान भयो केही गर्लान भन्ठानेका थियौं तर त्यो सबै भ्रम मात्र थिएछ भन्ने कुरा आजभोलीको यिनिहरुले राष्ट्रघाती #MCC को पक्षमा दिएको अभिव्यक्तिले नै प्रष्ट पार्दछ ।

छाती ठोकेर #MCC पास गर्छौं भन्ने देउवाको चेलो गगनलाई जनताले भेटे भने बाँकी भने राख्दैनन् राख्दैनन् । युवाहरुको प्रेरणा बन्दै राजनीतिमा उदयमान हुन्छन् होला भन्ने युवाहरुको सोचाईमा गगन र बिश्वप्रकाशले धोका दिएका छन् । अर्का बिश्वप्रकाशमा पनि आश थियो तर उनी अझै भन्दै छन् बुझ्दै नबुझी #MCC को बिरुद्वमा लाग्न हुन्न भनेर! यो जमनामा जनतालाई झुक्याउन खोज्ने र महाकाली बेछे झैं देश नै बेच्न तम्सिने यस्ता गद्दारहरुलाई जनताले समय आएसी राम्रो सँग सिकाउने नै छन् ।

बाख्रा चोरको आरोप लागेका गगन त्यस्तै युवाले रुचाएका विश्वप्रकाशले मात्र आदर्शको कुरा गर्ने तर उनका देउवाको नै हनुमान बनी देश बेच्न तर्फ लाग्ने प्रष्ट भएको छ । मलाई थाहा छ यिनिहरुको बचाउ गर्नको निम्ति हनुमानहरुले अनेकौं प्रतिक्रिया दिन्छन् भनेर तर लेखेर राखे हुन्छ हनुमान बनेर हिड्ने अन्धभक्तहरुले पनि यिनीहरुलो असली रुप उदाङ्गिएसी पक्कै घैटोमा घाम लगाउने नै छन् । यस्ता अमेरिकी एजेन्टहरुलाई भोट हाल्ने हैन अगुल्टाले हानेर उतै #USA मा दास बनाउन सक्ने ल्याकत अब सबै राष्ट्रभक्त युवाहरुले राख्ने हो भने यिनीहरुको पत्तासाफ हुनेछ ।

मैले किन यस्तो भन्दैछु भन्ने बुझ्नेहरुले आँफै बुझ्ने नै छन् र बुझेर बुझ पचाउनेको त के नै कुरा गर्ने होर! म कांग्रेसको नभए पनि युवाको पक्षमा थिए तर यिनिहरुको देश बेच्ने पारा देखेर आज यस्तो आलोचना गर्न बाध्य बनाएका छन् । कांग्रेसी हो, पार्टीको सदस्य भएसी नियमहरु हुन्छन् नै तर राष्ट्रको सार्बभौमसत्ता सँग जोडीएको मुद्दामा घात हुँदै गर्दा यसरी नै तिमिहरुको भगवान् लाई प्रश्न सोधी खबर गर्ने शक्ति श्री पशुपतिनाथले दिउन्।

२०७८ फाल्गुन १०, मंगलवार ०८:४१ 1 Minute 152 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।