२०७९ आश्विन २१
  • काठमाडौँ

तीन महिनादेखि रेष्टुरेन्टमा ब-न्धक बनाइएका तीन किशोरीको उद्धार

धनगढी :

कैलालीको धनगढीस्थित रेष्टुरेन्टमा ब-न्धक बनाएर राखिएका तीन किशोरीको उद्धार गरिएकाे छ । धनगढीकाे मुख्यबजारमा रहेको टिनटिन रेष्टुरेन्ट एण्ड बारबाट तीन महिनादेखि बन्धक बनाएका ती किशोरीहरूको साेमबार उद्धार भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले उनीहरूलाई तीन महिनादेखि ब-न्धक बनाएर राखेको सूचना पाएपछि छनबिन सुरु गरेको बताए । उनका अनुसार काम गराउने भनेर तीन महिनाअघि रेष्टुरेन्टमा राखिएका किशोरीलाई काम मात्रै गराउने तर तलब नदिने र बाहिर निस्कन पनि नदिएको गरेको गुनासोपछि छानबिनन गरिएको हो ।

किशोरीहरूलाई ब-न्धक बनाएको आरोपमा रेष्टुरेन्टका सञ्चालकसहित तीन जनालाई पक्राउ गरिएको छ ।

रेष्टुरेन्टमा युवतीहरूलाई बन्धक बनाएको भन्ने उजुरी मानव अधिकारसम्बन्धी संस्थाले दिएको प्रवक्ता जोशीले बताए । किशोरीहरूले यौ-नशो-षण भने नभएको बताएका छन् ।

२०७८ फाल्गुन १०, मंगलवार ०४:०८ 1 Minute 270 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।