२०७९ आश्विन २१
  • काठमाडौँ

यौन सम्पर्क गर्न नमाने पछी देवरले गरे भाउजुको हत्या

९ फागुन, कपिलवस्तु – यौ’न सम्पर्क गर्न असहमत भए पछि कपिलवस्तुमा ६० वर्षीय महिलाको हत्या भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका–१०, सोनपुरकी एकल महिला यशोधा लोनियाको ह’त्याको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ ।

प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीको अनुसार यशोधाको देवर वर्ष ४० को शम्धु लोनियाले माघ १० गते राति हत्या गरेका थिए ।अत्याधिक मादक पदार्थ सेवन गरेको विषयमा शम्भु र पत्नी बिच विवाद भए पछि पत्नी माइती गएको दिन हत्या गरिएको थियो ।

पत्नी नभए पछि शम्भु रातको ९ बजे भाउजु यशोधाको घरमा पुगेको थिए । भाउजु देवरवीच सहमतीमा यौन सम्पर्क भएको र दोस्रो पटक लोनियाले यौ’न सम्पर्क गर्न खोज्दा यशोधाले प्रतिकार गर्न खोजे पछि घाँ’टी थि’चे’र ह’त्या गरेको स्वीकार गरेको बताए ।

उक्त घटनाको अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय केनाइन शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर परिचालन गरिएको इलाका प्रहरी कार्यालय पिपराको प्रहरी निरीक्षक दिनेश गुरुङले बताए ।

अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाको प्रहरी निरीक्षक केशवराज ज्ञवालीको संयोजकतामा टोली गठन गरिएको थियो । कपिलवस्तु प्रहरीले ह’त्याको सुक्ष्म अनुसन्धान गरी रहेको जनाएको छ ।

२०७८ फाल्गुन ९, सोमबार १२:३१ 1 Minute 275 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।