२०७९ आश्विन १४
  • काठमाडौँ

समीक्षा अधिकारी र पल शाह बिच भएको गोप्य का,ण्ड बाहिरियो हेर्नुस (भिडिओ)

काठमाडौं । मीठो आवाजकी धनी समीक्षा अधिकारी अहिले केही नमिठा पलहरूबाट गुज्रिरहेकी छन् । कलिलो उमेरमै उनी यस्तो व्यक्तिसँग प्रेममा परिन्, जो प्रेमलाई क्षणिक मनोरञ्जन को विषय ठान्छन् ।

समीक्षाको स्वरका लाखौं प्रशंसक छन् । सुन्दरतामा पनि कुनै नायिकाभन्दा कम छैनन् । आवाज र रूपको यस्तो संगम थोरै कलाकार लाई नसिब हुन्छ । तर, कहिलेकाहीँ आफैंले आफ्नो गुणवत्ता नचिन्दा चाहिँ जीवनमा हण्डर र धोका खानुपर्छ, जस्तो समीक्षालाई भइरहेको छ ।

नेपाली चलचित्रका ‘प्ले व्वाई’ का रूपमा परि चित पल शाहसँग एक वर्षअघिदेखि समीक्षाको रिलेसनसीप सुरू भएको थियो । यो एक वर्षमै उनीहरूको सम्वन्धमा तीव्र उतारचढाव आइर हेको छ । केही समय प्रेमपछि पलले समीक्षा लाई पन्छाउन खोजे ।

समीक्षाले कानूनी उपचारका निम्ति पाइला चालिन् । पलले फकाए । समीक्षा ब्याक भइन् । पलले फेरि पन्छाउन खोजे । समीक्षा फेरि कानूनी उपचारमा जान तयार भइन् । पलले फेरि फकाए । यस्तै सिलसिला चलिरहेको छ ।

पछिल्लो दिनको कुरा गर्ने हो भने पल र समीक्षा फेरि मिले का छन् । नेपाल प्रेसले पलका ‘मल्टि पल रिलेसनसीप’ बारे शनिबार समाचार प्रकाशन गरेसँगै पलले समीक्षालाई अर्को एक राउण्ड फकाएका छन् । उनीहरूले आफूनिकट एउटा युट्यूव च्यानलमार्फत अन्तर्वार्ता दिएर समाचार खण्डन गरे ।

आफूहरूबीच असल मित्रता मात्रै भएको भन्दै उनी,,हरूले एकस्वरमा भने- अफेयरको कुरा झुट्टा हो । एकोहोरो प्रेममा परेकी नाबालिग समीक्षालाई पलको समूहले ‘होस्टाइल’ बनाइर हेको छ । होस्टाइल भन्ने शब्द अदालती भाषामा प्रयोग हुन्छ ।

त्यो भनेको कुनै पीडितलाई दबाब, प्रभाव वा धाकधम्की दिएर बयान फेर्न बाध्य पार्ने वा पीड कको पक्षमा उभिन लगाउने काम हो । समी क्षाका यसबीचका फेसबुक स्टाटस र उनले यो अडिओमा बोलेका कुरा सुन्दा उनी होस्टाइल भएको पुष्टि हुन्छ ।

त्यसो त केही समयअघि उनी पलविरुद्ध जाहेरी दिन कास्की प्रहरीको शरणमा पुगेकी थिइन् । उनले यो अडिओमा पनि आफूलाई एसपीले छोरीजस्तै व्यवहार गरेर कानूनी लडाइँको लागि हौसला र आइडिया दिएको बताएकी छन् । तर, जाहेरी लिनका लागि कास्की प्रहरीको कार्यक्षेत्र नभएकाले उनलाई तनहुँ जिल्ला प्रहरी कार्यालयमा पठाइएको थियो ।

तर, पलले उनलाई पुनः होस्टाइल बनाएर कानूनी कारबाही बाट जोगिएका थिए । नाबालिगसँगको सम्बन्धलाई कानूनले सहमतिमै भए पनि दण्डनीय अपराध मान्छ, त्यसका लागि पीडितले नै जाहेरी दिनु पनि पर्दैन ।

पाँच दिनअघिसम्म समीक्षा पलबाट आफू अन्यायमा परेको भन्दै हारगुहार गरिरहेकी थिइन् । गत विहीबार उनले महिला अधिकारकर्मी जस्मिन ओझालाई भेटेर आफ्नो सबै कथा सुनाउँदै न्यायको पहल गरिदिन आग्रह गरेकी थिइन् ।

जस्मिन र समीक्षाबीच भएको कुराकानीको अडिओ नेपाल प्रेसलाई प्राप्त भएको छ । समीक्षाले यस कुराकानीमा पलले आफूलाई यौन दुर्व्यवहार गरेकोदेखि पलकी अर्की प्रेमिका कवितासँग आफ्नो झगडासम्मको विवरण सुनाएकी छन् ।

समीक्षाले पलबाट पीडित बनेको भन्दै आफूले चिनेका केही मिडियाकर्मीहरूसँग पहिलेदेखि सहयोग मागेकी थिइन् । तर, नेपालको मनोर ञ्जन पत्रकारितामा एक प्रकारको सिन्डिकेट छ । पलले मुलधारका थुप्रै मनोरञ्जन पत्रकार र युट्यूवर गोजीमै राखेका छन् । आर्थिक वा अन्य प्रभावमा परेर यस्ता पत्रकारले अहिले पनि पलको महिमा गाउँदै बोलिरहेको/लेखिरहेको पाइन्छ ।

धेरै पत्रकारले पलका विरुद्ध प्रशस्त प्रमाण भेटेर पनि कार्पेट मुनि लुकाएका थिए । त्यसैले यो सिन्डिकेटभन्दा बाहिर निस्कि एर आफ्नो वास्तवि कता बाहिर ल्याउन समीक्षालाई निकै सक स भइरहेको थियो । नेपाल प्रेसले गत ५ कात्तिकमा समाचार प्रकाशित गरेपछि यो विषय पहिलोपटक बाहिर आएको हो ।

शनिबार ‘रियल हिरो कि प्ले व्वाई’ शीर्षकको अर्को समाचार प्रकाशित भएपछि पल र उनको गोजीका पत्रकारबीच खैला बैला मच्चिएको छ । समाचारलाई झूटो सावित गर्न उनीहरू जति लागिपरे पनि सत्य सत्य नै हुन्छ । हामी बिनाआधार-प्रमाणका काल्पनिक कथा छाप्ने ‘मनोरम कहानियाँ’ होइनौं ।

समाचार प्रकाशित भएपछि पलका थप दुई प्रेमिकाहरूबारे हामीलाई जानकारी प्राप्त भएको छ । यद्यपि, उनका प्रेमिका हरू गनेर बस्नेभन्दा पनि ‘पल प्रवृत्ति’ लाई एक्सपोज गर्ने मात्रै हाम्रो ध्येय भएकाले धेरै खोजीनीति गरिएन ।

अधिकारकर्मी ओझासँगको कुराकानीमा समीक्षाले पलबाट आफू अन्याय परेको भन्दै उनलाई सजाय दिन चाहेको स्पष्ट शब्दमा बताएकी छन् । न्यायका लागि लड्ने समझदारीका आधारमा समीक्षाले उक्त कुराकानी गरेकी थिइन् । तर, समी क्षाको पछिल्लो अन्तर्वार्ताले ओझा आश्चर्यमा परेकी छन् ।

उनी भन्छिन्, ‘मैले समीक्षा बहिनीसँग कुरा गर्दा हिंसामा परे को महसुस गरेकी थिएँ । तर, दुई दिनपछि नै बयान फेरिनुमा उनलाई दबाब र प्रभावमा पारिएको हुनसक्छ । यस विषयमा महिला र मानवअधिकारमा काम गर्ने निकाय,,हरूको ध्यान जानुपर्छ ।’नेपाल प्रेसमा प्रकासित छ।

हेर्नुस् कल रेकर्ड

 

२०७८ फाल्गुन ९, सोमबार १२:२२ 1 Minute 3539 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।