२०७९ आश्विन २१
  • काठमाडौँ

नक्कली प्रमाण-पत्र प्रकरण : हरि खड्का दोषी ठहर, पाँच हजार जरिवाना

काठमाडौं । नेपाली राष्ट्रिय फूटबल टीमका पूर्वकप्तान हरि खड्का नक्कली प्रमाण–पत्र प्रकरणमा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले नक्कली प्रमाण–पत्र प्रकरणमा खड्कालाई दोषी ठहर गरेको हो ।

भ्रष्टाचार निवारण ऐन-२०१७ अनुसार खड्काविरुद्धको आरोप ठहर भई ५ हजार रूपैयाँ जरिबाना गराउन आदेश भएको छ । केही साता अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काले नेपाल प्रहरीमा सेवा प्रवेशका लागि बुझाएको प्रमाण–पत्र नक्कली रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

खड्काले २०५५ कात्तिक १ मा माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाण–पत्र तह (आईए)को प्रमाण–पत्र पेश गरेर प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएका थिए, भने २०५९ पुस १४ मा प्रहरी नायब निरीक्षकमा बढुवा भएका थिए ।

सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका थिए । तर, प्रमाणपत्रको विवाद आएपछि ६ वर्षसम्म पुलिस टीममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका खड्काले राजीनामा दिएका थिए । न्युज24 बाट

२०७८ फाल्गुन ५, बिहीबार २२:५३ 1 Minute 264 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।