२०७९ आश्विन १८
  • काठमाडौँ

सीता परियार बनिन् दलित समुदायबाट सीडीओ बन्ने पहिलो महिला

काठमाडौं । सीता परियार दलित समुदायबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्ने नेपालको पहिलो महिला बनेकी छन् । उनी हुम्लाको सीडीओ भएकी हुन् ।

यसअघि दलित समुदायबाट पुरुषतर्फबाट डा. मानबहादुर विश्वकर्मा, सन्तबहादुर सुनुवार सीडीओ बनिसकेका छन् । तर, सीता दलित समुदायबाट महिला सीडीओ भएकी हुन् । उनी यसअघि भक्तपुर जिल्लाको सहायक सीडीओ थिइन् ।

नुवाकोट, धनकुटा लगायत जिल्लाका सिडिओको सरुवा

चुनावको मुखमा गृह मन्त्रालयले धमाधम सिडिओ सरुवा गर्न थालेको छ । बिहीबार पाँच जिल्लाका सिडिओको सरुवा गरिएको छ । नुवाकोट, धनकुटा, हुम्ला, रुकुम पश्चिम तथा जाजरकोटका सिडिओको सरुवा भएको हो ।

धनकुटामा उपसचिव युवराज कट्टेल, नुवाकोटका सहसचिव नारायण प्रसाद रिसाल, हुम्लामा सीता परियार, रुकुम पश्चिममा कृष्ण खड्का तथा जाजरकोटमा गणेश शाहीलाई सिडिओका रुपमा पठाइएको छ । कतिय सिडिओलाई ८ महिनामै समेत सरुवा गरिएको छ ।

२०७८ फाल्गुन ५, बिहीबार १५:५९ 0 Minutes 278 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।