२०७९ आश्विन २२
  • काठमाडौँ

साउदीमा २२४ जना नेपाली श्रमिकले ज्यान गुमाएका छन।

साउदीमा २२४ जना नेपाली श्रमिकले ज्यान गुमाएका छन।

साउदी अरबमा रोजगारीमा गएका नेपाली श्रमिकमध्ये पछिल्लो एक वर्षमा मात्र २२४ जनाले ज्यान गुमाएका छन् । सन् २०२१ मा २२४ नेपालीले दु,र्घटना लगायत विविध कारणले ज्यान गुमाएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

ज्यान गुमाएकामध्ये १८९ जनाको शव स्वदेश ल्याइएको छ भने ३५ जनाको साउदीमै अन्तिम संस्कार गरिएको छ । दूतावासका अनुसार मृतक नेपालीले मृ,त्यु हुनुअघि पाउनुपर्ने ३३ लाख ८२ हजार ६६८ साउदी रियाल प्राप्त गरी स्वदेश पठाएको छ ।

विभिन्न समयमा सडक दु,र्घटनामा परी ज्यान गुमाएका २०४ जना नेपाली श्रमिकको ब्लडमनीसम्बन्धी मुद्दा अदालतमा दायरका लागि सम्बन्धित प्रहरी कार्यालयमा फलोअप भइरहेको छ ।

अदालतमा दायर तथा सुनुवाइ भएका मध्ये ३७ मुद्दाको फैसला भएको छ । २४ वटा मुद्दाको फैसलाबाट साउदी रियाल १३ लाख ८६ हजार ५०० ब्लडमनीसमेत प्राप्त भई मृ,तक श्रमिक हकवालाको नाममा पठाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छन ।

२०७८ फाल्गुन ४, बुधबार १८:१० 0 Minutes 568 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।