२०७९ आश्विन २१
  • काठमाडौँ

श्रीमतीलाई ब’लात्कार गर्ने श्रीमानलाई साढे ३ वर्ष कैद

बैवाहिक ब’ला’त्का’रका आ’रो’पि’त एक व्यक्तिलाई उच्च अदालत दिपायलले तीन बर्ष ६ महिना कै’द सजाय सुनाएको छ ।

गर्भवती श्रीमतीलाई कु’ट’पि’ट र यातना दिई ब’ला’त्का’र गरेको अभियोगमा सोमबार उच्च अदालत दिपायलले अछामका २५ वर्षका युवकलाई तीन वर्ष ६ महिना कै’दको फैसला गरेको हो ।

अछामकी एक महिलाले श्रीमान्ले बहुबिवाह गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । सो अभियोगमा जिल्ला अदालतले श्रीमानलाई धरौटीमा छाडेको थियो । त्यसपछि श्रीमानले आफूवि’रु’द्ध मु’द्धा गरेको आ’क्रो’शमा ‘तेरो जिन्दगी ब’र्बाद बनाएर छाड्छु’

भन्दै शारीरिक र मानसिक या’त’ना दिन सुरु गरेका पीडितको भनाइ छ । त्यसै क्रममा २०७७ असोज २३ गते सुतिरहेको अवस्थामा आफूलाई ब’ला’त्का’र गरेको भन्दै महिलाले श्रीमानवि’रु\द्ध जा’हेरी दिएकी थिइन् ।

जिल्ला अदालत अछाममा पीडितका साक्षीका रुपमा छिमेकीहरुले जब’र्ज’स्ती क’र’णी भएपछि गुहार मागेको भनी वयान दिएका थिए । तर युवकले भने सहमतिमै यौन सम्पर्क गरेको बयान दिएका थिए ।

०७७ माघ २६ गते जिल्ला अदालत अछामले पीडितले जब’र्ज’स्ती क’र’णी गरेको भन्ने बकपत्र गरे पनि ज’ब’र्ज’स्ती क र’णी’को क’सू’र स्थापित हुने प्रमाण नरहेको भनी पीडितका श्रीमानलाई सफाइ दिएको थियो ।

सोमबार उच्च अदालत दिपायलका का.मु.मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगतबहादुर थापाको इजलासले जिल्ला अदालतको उक्त फैसला उल्ट्याउँदै गर्भवती श्रीमतीलाई बहुविवाहको उ’जू’री दिएको रिसको झोंकमा कु’ट’पि’ट गरी यातना दिई ज’ब’र’जस्ती क’र’णी गरेको तथ्य जाहेरी दरखास्त, पीडित र साक्षीको बकपत्र एवं शारीरिक परीक्षण लगायतका प्रमाणबाट पुष्टि भएको भन्दै कैदको फै’सला गरेको हो ।

विद्यमान का’नू’न अनुसार एउटा क’सू’र गरी सजाय पाएकोमा कुनै व्यक्तिले पुनः अर्को कसूर गरेमा पछिल्लो पटक गरेको सजायको दोब्बरसम्म थप सजाय हुने भएकोले यस मु’द्दा’मा तीन बर्ष ६ महिना कै’द तोकिएको उच्च अदालत दिपायलले जानकारी दिएको छ ।इमेज

२०७८ फाल्गुन ३, मंगलवार ०९:२५ 0 Minutes 124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।