२०७९ असार १४
  • काठमाडौँ

होलीमा ग्या”ङ फाइट: हराएका सबै युवा आए सम्पर्कमा

बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा दुई जनाको ज्या’न जानेगरी आइतबार भएको ग्याङ फाइटमा हराइरहेका सबै युवा सम्पर्कमा आएका छन्।

आइतबार बल्देधुरीमा होली मनाउने र बनभोज खाने क्रममा बाग्लुङको निसीखोला गाउँपालिका- ७ राजकुत र बडीगाड गाउँपालिका- १० दर्लिङका युवाहरूबीच ग्याङ फाइट भएको थियो।

झगडामा परी निसीखोला-७ राजकुतका अन्दाजी ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो। त्यस्तै १० जनाभन्दा बढी बेप,त्ता भएका थिए।

निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले दिउँसोको ग्याङ फाइटपछि सम्पर्कविहीन भएकाहरू राती अबेर सम्पर्कमा आइसकेको सेतोपाटीलाई जानकारी दिए।

सम्पर्कमा आएका ६-७ जना सामान्य घाइते रहेको पौडेलले बताए।दुई जनाको ज्यान जानेगरी भएको झडपमा संलग्नहरूलाई भने प्रहरीले अझै नियन्त्रणमा नलिएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले घटनालगत्तै प्रहरी टोली घटनास्थल गई मृतक तथा घाइतेहरूको खोजी र उद्धार गरेर अनुसन्धानमा जुटेको बताए।

घटनाका प्रत्यक्षदर्शीसँग बुझ्दा होलीको रङ लगाउने क्रममा दुई समूहका युवाबीच विवाद भएर झ,ड,प भएको देखिएको हवारीले बताए।

प्रारम्भिक अनु’सन्धानमा हेर्दा पूर्वनिर्धारित कुनै योजना नभई एउटा समूहकी महिलालाई अर्को समूहका युवाले रङ लगाउन खोज्दा घटना भएको देखिन्छ,’ हवारीले भने।

निसीखोला गाउँपालिकाका अध्यक्ष पौडेलले पनि राजकुतका २०/२२ जना युवा दिउँसो होली खेल्दै बल्देधुरी गएको र रङ लगाउने क्रममा विवाद भएर घटना भएको बताए।

बडीगाड-१० दर्लिङका युवाहरू होली मनाउने र बनभोज पनि खाने गरी जम्मा भएका बेला अर्को क्षेत्रबाट गएका युवाहरूले महिलालाई रङ लगाउन खोज्दा घटना भएको उनले बताए।

अहिले प्रहरीले घटनामा संलग्न दुबै वडाका युवासँग सोधपुछ गरिरहेको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक हवारीले जानकारी दिए।सेतोपाटी बाट

२०७७ चैत्र १६, सोमबार ०३:५० 1 Minute 326 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार