२०७९ आश्विन १४
  • काठमाडौँ

अर्घाखाँचीबाट दाङ आएकाे याे परिवारले सधैका लागि संसार छाेडे

दाङ : गएकाे शुक्रबार दाङ तुलसीपुर बजारकाे ‘ङ’ लाइनको एउटा घरमा भएकाे आगलागीमा परेर एउटा परिवारका ३ जना र अर्काे परिवारका २ जनाकाे गरि ५ जनाकाे मृ’त्यु भयाे ।

चार तलाकाे घरमा छुट्टाछुट्टै तलामा काेठा लिएर बस्ने अलि परिवार र बकस परिवारका ५ जनाकाे मृत्यु भएकाे हाे ।

साेहि घरकाे तल्लाे तलामा बकस परिवारकाे जुत्ता गाेदाममा आगलागी भएर घटना भएकाे हाे । घटनामा बकस परिवारका दुई दाजुभाई मृत्यु भयाे । त्यस्तै अलि परिवारका ३ जनाकाे मृत्यु भयाे । अलि परिवारमा ७ जनाकाे परिवार थियाे ।

सधैका लागि अस्ताए नगरदिन सँगै छाेराछाेरी

अलि परिवारका घरधनि हुन ४० वर्षीय नगरदिन अली । उनि घटनाकाे राति करिब १ बजेतिर ब्युझिएँ । धुँवाको गन्ध आइरहेको थाहा पाएपछि हेर्न बाहिर निस्किए । घरमा ठूलो धुँवाको मुस्लो देखेपछि उनी सँगै सुतेकी श्रीमती र आफ्नो बुवालाई लिएर सडकमा आए ।

आगो नदेखिए पनि धुँवा व्यापक भइसकेको थियो । उनका छोराछोरी त्यही घरमा सुतिरहेका थिए । ५ वर्षीय छोरा अबिददिन अली र १३ वर्षीया छोरी सुजिता खातुनलाई लिन नगरदिन फेरि घरभित्र पसे।

नगरदिन र उनकी श्रीमती घरको अगाडि र बच्चाबच्ची पछाडि अन्तिम कोठामा सुत्ने गर्दथे। पाँच मिटरमा ठ’डिएको घरमा पछाडि न कुनै निकास थियो न कुनै झ्याल। साँघुरो घरभित्र जुत्ता-चप्पलको गोदाम राखिएको थियो। आ’गो त्यही गोदाममा लागेको थियो।

छोराछोरी बचाउन गएका नगरदिन धुँवामा निसास्सिएर बाटो मै लडे। नगरदिन फर्किएनन् ।

याे परिवारमा नगरदिन सहित उनका बुबाआमा, श्रीमती, दुइ छाेरा र एक छाेरी थिए । घटनामा नगरदिन सहित कान्छाे छाेरा र छाेरीकाे मृ’त्यु भएकाे भने बुबाआमा, श्रीमती र जेठाे छाेराे बच्न सफल भए ।

नगरदिनको पुर्खेउली घर अर्घाखाँची हाे । उनि केहिवर्ष पहिले व्यापारकाे सिलसिलामा तुलसीपुर आएका हुन् । यीनिहरु आगलागी भएकाे घरमा काेठा भाडामा बस्थे । आ’ग’ला’गी भएकाे घर नजिकै अर्काे लाइनमा शृंगार पसल गरेका थिए ।

२०७८ फाल्गुन १, आईतवार १२:१६ 1 Minute 149 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।