२०७९ आश्विन २२
  • काठमाडौँ

काठमाडौँका व्यापारीको ह’त्या गरेको अभियोगमा ६ जना प’क्रा’उ

काठमाडौँका व्यापारीको (व्यवसायी) विजय चौधरीको ह’त्या गरेको अभियोगमा प्रहरीले ६ जनालाई प’क्रा’उ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले प’क्रा’उ परेका ६ जनालाई बिहीबार सार्वजनिक गरेका हो ।

पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका–५ ड्राइभर टोलका ३७ वर्षीय राजु शाह भनिने मञ्जुर आलम देवान र उनकी श्रीमती ३५ वर्षीय हदिसुन नेसा, रामग्राम नगरपालिका–२ परासी बस्ने वसन्तकुमार सहानी, निजकी श्रीमती शारदादेवी केवट, काठमाडौँका तलत अलि खान र जितबहादुर श्रेष्ठ रहेका छन् ।

देवान दम्पतीलाई भारताट प’क्रा’उ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रेमबहादुर शाहीले बताए । उनीहरुले २० लाखको प्रलोभनमा परेर चौधरीको ह’त्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

देवान दम्पतीले आफ्नै घरमा चौधरीलाई हात पछाडि बाँधी घाटीमा डोरीले कसेर हत्या गरेको र मोटरसाइकलमा राखेर जोकवार गाउँको बाटोमा लगेर श’व फालेका थिए । त्यसलगत्तै उनीहरु भारत गएका थिए ।

ऋणमा डुबेका देवान दम्पतीले पैसाको प्रलोभनमा चौधरीको हत्या गरेको स्वीकार गरेको प्रहरीको दावी छ ।

उनीहरुबाट प्रहरीले १७ लाख ३३ हजार ५ सय रुपैयाँ नगद समेत बरामद गरेको छ । पक्राउ परेका केवट दम्पती भने मुख्य अभियुक्त देवानका दिदी भिनाजु हुन् ।

काठमाडौँ महानगरपाािलका–२७ असनमा हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका ३५ वर्षीय चौधरीको शव माघ १० गते नवलपरासीको रामग्रामा भेटिएको थियो । मृ’त’क चौधरी कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ स्थायी बासिन्दा हुन् । रातोपाटी बाट

२०७८ माघ २८, शुक्रबार ०४:२५ 0 Minutes 172 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।