२०७९ आश्विन २१
  • काठमाडौँ

कार्यालयका सबै घु’स सहित प’क्रा’उ, मन्दिरमा प्रसाद चढाएको कसरी अस्वीकार गरौ भन्ने प्रमुखको बयानले चकित

काठमाडौं । घु’स लिने र दिने दुवै अ’प’रा’धी हुन् । तर घु’स लिन र दिनका लागि मानिसहरु नयाँ शैली अपनाइरहेका छन् ।

भारत, राजस्थानमा घु’सखोरीको एउटा ठूलो घ’ट’ना सार्वजनिक भएको छ, जहाँ पूरै कार्यालय घु’स लिँदै गर्दा प’क्रा’उ परेको हो ।

यति मात्रै होइन, रंगेहात समातिएपछि प्रदेश प्रशासनिक सेवाका अधिकारीले कोही मन्दिरमा प्रसाद चढाउन आए कसरी नाँई भन्न सकिन्छ भन्ने तर्क पनि गरको छन् ।

प्राप्त जानकारी अनुसार जयपुर सहरको विकासको जिम्मा लिने जयपुर विकास प्राधिकरणका उपायुक्तसहित सम्पूर्ण कार्यालय घु’सखोरीमा संलग्न रहेको थियो ।

घु’स लिँदालिँदै प’क्रा’उ परेपछि प्रदेश प्रशासन सेवा अधिकृत ममता यादव अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोका अधिकारीसामु हाँसेकी थिइन् ।

उनले भनिन्, ‘जब कोही मन्दिरमा प्रसाद चढाउन आउँछन्, तब कसरी अस्वीकार गर्ने रु’ जवाहर सर्कलको सिद्धार्थनगरमा एक व्यक्तिले आफ्नो पुर्खाको जग्गा भाडामा लिन चाहेका थिँए ।

तर उपायुक्त ममता यादवले ९ लाख ६० हजार रुपैयाँ र जुनियर इन्जिनियर श्यामले झण्डै ५ लाख घुस मागेका थिए । उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले तत्कालीन आरएएस अधिकृत ममता यादव, जयन्त श्याम, नक्सा पास गर्ने कर्मचारी विजय मीना, लेखापाल राम तुफान मन्डोटिया र कम्प्युटर अपरेटर अखिलेश मौर्यलाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको हो ।

पूरै जोनका पदाधिकारी घुस लिँदालिँदै पक्राउ परेको यो पहिलो पटक हो । जयपुरको जोन ४ का अधिकारीहरू रकम बाँडफाँडको काममा लागेका थिए ।

अख्तियार दु’रु’प’यो’ग अनुसन्धान ब्यूरोले जेडीएको पार्किङ क्षेत्रबाट घु’ससहित प’क्रा’उ गरेको हो । निकै गो’प्य ढंगले काम सकियो र अन्ततः अख्तियार अधिकारीहरु उपायुक्तको कार्यालय पुगेका हुन् ।
नेपालसमाचार बाट

२०७८ माघ २६, बुधबार १२:२५ 0 Minutes 135 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।