२०७९ आश्विन २१
  • काठमाडौँ

आफ्नै श्रीमतीलाई जबरजस्ती यौनसम्पर्क गरेको आरोपमा अस्ट्रेलिया बस्दै आएका एक नेपाली पक्राउ

काठमाडौं । पत्नीलाई ज’ब’र’जस्ती यौ’न’स’म्पर्क गरेको अभियोगमा अष्ट्रेलियामा बस्दै आएका खिलेन्द्रराज तिम्सिना काठमाडौंमा पक्राउ परेका छन् ।

तिम्सिना पेशाले कानून व्यवसायी हुन् । अष्ट्रेलियाबाट नेपाल आएका बेला उनलाई नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट माघ ७ गते पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।

प्रहरीको महिला सेलमा उनीसँग बयान लिएर जिल्ला अदालत काठमाडौंमा मु’द्दा दायर गरिएको छ । तिम्सिनालाई तीनदिन थुनामा राखेर एक लाख रुपियाँ धरौटीमा छुुटेको स्रोतले जनाएको छ ।

उनकी श्रीमतीले दुई वर्षअघि आफ्नो इच्छाबेगर शा’री’रि’क सम्बन्ध राखेको अभियोगमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा तिम्सिनालाई पक्राउ गरेर अदालतमा पेश गरिएको थियो ।

तिम्सिनाविरुद्ध २०७६ जेठ ३१ गते कालिमाटीको महिला सेलमा जाहेरी दर्ता गरिएको थियो ।

तिम्सिना नेपाली मूलका अष्ट्रेलियन नागरिक हुन् । अष्ट्रेलियामा पनि तिम्सिना विवादास्पद व्यक्तिका रुपमा परिचित छन् । उनलाई अष्ट्रेलियन सरकारले कारबाही गरेको छ ।

२ जुन २०२० मा अष्ट्रेलियाको आन्तरिक मन्त्रालयले उनको एउटा लाइसेन्स खोसेको छ । नक्कली कागजात बुझाएको आरोप लागेपछि तिम्सिनाले गर्दै आएको व्यवसायको प्रमाणपत्र रद्द गरिदिएको छ ।

अष्ट्रेलियामा आप्रवासनसम्बन्धी परामर्श प्रदान गर्नेहरुको नियमनकारी निकाय माईग्रेसन एजेन्ट्स रजिष्ट्रेसन अथोरिटी (मारा) ले तिम्सिनालाई लाइसेन्स लिनबाट ५ वर्षका लागि प्रतिबन्ध लगाइदिएको हो ।

तिमल्सिनाले क्यानबेरा र नर्दन टेरिटोरी डार्बिनमा स्टेट स्पोन्सर भीसाका लागि आवेदन दिने क्रममा झण्डै एक दर्जन व्यक्तिको नक्कली कागजात पेश गरेको अभियोग लागेको थियो ।

उनको कारवाहीबारे माईग्रेसन एजेन्ट्स रजिष्ट्रेसन अथोरिटीको वेवसाइटमा विस्तृत रुपमा उल्लेख छ । द रिपब्लिक दैनिकी बाट

२०७८ माघ २३, आईतवार ०७:४६ 1 Minute 249 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।