२०७९ आश्विन १४
  • काठमाडौँ

२ अर्ब ५० करोड हिनामिना गरेको आरोपमा पूर्वमिस नेपाल श्रृङ्खलाका बाबुविरुद्ध अ’ख्तियारमा उ’जु’री

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई राज्यकोषको २ अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमालेमा आवद्ध राष्ट्रिय युवा संघ, नेपालले अ’ख्तियार दु’रु’पयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडाले जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको र सो को मूल्य करिब २ अर्ब ५० करोड रुपैयाँ रहेकाले हिनामिनामा मन्त्रीको संलग्नता रहेको राष्ट्रिय युवा संघ, नेपालले आ’रोप लगाएको छ।

मन्त्री खतिवडा र यस कार्यमा संलग्न व्यक्तिहरुउपर छानविन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३, ८ र १७ तथा अन्य कानुनी प्रावधान बमोजिम कारबाही गर्न माग गरिएको संघका अध्यक्ष किरण पौडेलले बताउनुभयो।

उहाँले जनताको सुरक्षाको ग्यारेन्टी लिएको सरकार र स्वास्थ्य मन्त्रालयभित्रैबाट खोप हराउनु लज्जास्पद र जनघाति कदम भएको बताउनुभयो।

अध्यक्ष पौडेलले मन्त्री खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ बमोजिम उजुरी दर्ता गराएको बताउनुभयो।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाका बाबु हुनुहुन्छ।
फलेलुङ डेल्ली बाट

२०७८ माघ २१, शुक्रबार ११:२४ 0 Minutes 213 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।