२०७९ आश्विन १४
  • काठमाडौँ

झापामा ५० करोडको जग्गा बैना, डेढ करोड कमिसनको लागि ३ जनाको ह’त्या !

तीन जनाको ह’त्या आ’रोपमा प’क्रा’उ परेका अनिलकुमार मण्डलले ह’त्या जग्गा किनबेच गर्दा आउने कमिसनका कारण भएको प्रारम्भिक बयान दिएका छन् ।

अपराध महाशाखा काठमाडौं र मोरङ प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा ह’त्याको कारण जग्गाको बैना वापत आउने कमिसन नै रहेको आ’रोपीले बताएका हुन् ।

प्रहरी स्रोतका अनुसार यी चारजना जग्गा व्यवसायीको समूहले झापामा ५० करोडको जग्गा बैना गराएको थियो । जग्गा कसले कसलाई गराएको स्पष्ट नभएपनि ५० करोडको जग्गा बैना गराएवापत ३ प्रतिशतले हुन आउने डेढ करोड रुपैयाँ कमिसन आउने पक्कापक्की भएको थियो ।

तर कमिसनका विषयमा लिम्बुले धेरै भाग खोजेपछि कमिसन एकलौटी पार्ने उद्देश्यका साथ मण्डलले पहिले लिम्बु र पछि अन्य दुई जनाको ह’त्या गराएका थिए ।

प्रहरी स्रोतका अनुसार जग्गाको कमिसनको विषयमा कुरा नमिलेपछि मण्डलको समूहले मंसिर २८ गते लिम्बुलाई ललितपुरको धापाखेलमा बोलाएर हत्या गरेको थियो । उक्त ह’त्याका’ण्डको पोल खुल्ने डरले पछि मण्डलको समूहले राजेन्द्र कुमार श्रेष्ठलाई पुषको ५ गते र शम्भु चौधरीलाई पुषको ७ गते मोरङमा ह’त्या गरेका थिए ।

त्यसपछि श’व वेपत्ता बनाउन लिम्बुको शव धापाखेलकै एक घरको कम्पाउन्ड र श्रेष्ठ र चौधरीको श’व मोरङको धनपालथान गाउँपालिका ७ कमलपुरमा रहेको उखुबारीमा खाल्डो खनेर गाडिएको थियो । छिटो श’व गलाउनका लागि उनीहरुले सबै स्थानमा नुनको प्रयोग गरेका थिए ।

ह’त्याको आ’रो’पमा प्रहरीले तत्काल तीन जनालाई प’क्रा’उ गरेको छ । प’क्रा’उ पर्नेमा सिराहा नगरपालिका वडा नं २१ सिराहा घर भई बल्खु बस्ने ३१ वर्षीय अनिलकुमार मण्डल, जहदा गाउँपालिका ४ सिस्वनी बस्ने वर्ष २९ को अमित साह भनिने दीनानाथ सोनार र धनपालथान गाउँपालिका ७ कमलपुर बस्ने ६२ वर्षीय नासिर आलम छन् ।

ह’त्यामा अन्य केही नेपाली तथा भारतीय नागरिकको पनि संलग्नता रहेको र उनीहरु फ’रार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

मण्डलले चारजना भारतीय नागरिकलाई २० लाख रुपैयाँ दिएर श्रेष्ठ र चौधरीको ह’त्या तथा श’व व्यवस्थापन गर्न लगाएको प्रहरीले बताएको छ ।
रातोपाटिबाट

२०७८ माघ २१, शुक्रबार ०९:२९ 0 Minutes 267 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।