२०७९ आश्विन १४
  • काठमाडौँ

नारायणहिटी दरबार संग्रहालयका जीर्ण भएका संरचनालाई मर्मत सम्भार गर्न मन्त्रीको निर्देशन हेर्नुस्

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयका जीर्ण भएका संरचनालाई मर्मत सम्भार गर्न निर्देशन दिएका छन्।

बिहीबार मन्त्री आलेले नारायणहिटी दरबार संग्रहा,,लयमा स्थलगत अवलोकन गर्दै संग्रहालय परिसरमा जीर्ण अवस्थामा रहेका संरचनाको मर्मत सम्भार गर्न निर्देशन दिएका हुन्।

संग्रहालय अवलोकनपछि न्यूज एजेन्सी नेपाल सँग कुरा गर्दै मन्त्री आलेले संग्रहालयभि त्रका विभिन्न ठाउँमा बत्तीहरू जीर्ण अवस्थामा देखि एकाले तुरून्त मर्मत गरी सुचारू गर्न निर्देशन दिएको बताए।

त्यसैगरी गेटको बाहिर छाना चुहिने अवस्था रहेकाले त्यसको पनि मर्मत गर्न भनिएको उनले बताए।

त्यस्तै, संग्रहालयमा रहेका पुराना गाडीहरूलाई मर्मतका साथसाथै रङरोग गरेर राख्न पनि निर्दे शन दिइएको उनले बताए।

उनले नारायणहिटी दरबार संग्रहालयमा अधुरा रहेका कामलाई सम्पन्न गर्नका लागि छुट्टै डिपिआर बनाउन पनि निर्देशन दिएका छन्।

उनले विगतमा संग्रहालय परिसरभित्र क्याफे टेरिया सञ्चालन गर्न भनी १४ रोपनी अतिक्र मण गरी बनाइएको भौतिक संरचना भत्काइ सकिएको बताए।

संग्रहालय परिसरलाई व्यवस्थित गर्नका लागि आगामी आर्थिक वर्षमा बजेटको व्यवस्थापन गरिने पनि उनले उल्लेख गरे।

बतास समूहलाई नारायणहिटी दरबार संग्रहाल यबाट हटाउन र आवश्यक अनुसन्धान गर्न सम्बन्धित निकायलाई पत्राचार पनि भइसकेको उनले बताए। सेतोपाटि बाट

२०७८ माघ २०, बिहीबार १४:५९ 0 Minutes 459 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।