२०७९ आश्विन १४
  • काठमाडौँ

यीनै हुन स्वास्थ्य स्वयं सेविका जसले वृद्धलाई खोप लगाउन बोकेर स्वास्थ्य चौकीसम्म पुर्याइन..हेर्नुस!

तम्घास : गुल्मीको गुल्मी दरबार गाउँपालिका-३ मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयं सेविकाले एक वृद्धलाई को-रोना विरु’द्धको खो प लगाउन बोकेर स्वास्थ्य चौकीस,,म्म पुर्‍¥याउनु भएको छ ।

गाउँमा यातायातको सुविधा नहुँदा बोकेर लैजा नुपरेको बाध्यता रहेको स्थानीहरु बताउँछन्। संक्रमणको जो’खिम बढेपछि पछि ल्लो समय सरकारले को-रोना विरु’द्धको खोप अभियानला ई तीव्र बनाएको छ।वृद्धा महिलालाई बोक्ने स्वास्थ्य स्वयंसेविका गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका-३ राजा निवासी लिला थापा हुनु हुन्छ ।

उहाँको पिठ्यूँमा बोकिने वृद्धा गुल्मी दरबार गाउँपालिका-३ धारापानीकी देवीकला टण्डन हुनुहुन्छ। लिलाले गत शुक्रबार अर्थात माघ १४ गते देवीकलालाई बोकेर खोप लगाउन गौडा कोट स्वास्थ्य चौकी लैजानुभएको हो।

स्वास्थ्य स्वयंसेविका लिलाले हेल्पाटीलाई दिए को जानकारी अनुसार ८० वर्षीया देवीकला एक्लै गाउँमा बस्नुहुन्छ। उहाँका एक जना छोरा बुटवल र एक जना भारतमा हुनु हुन्छ। छोराहरू गाउँ नबस्ने, आमा गाउँ छाड्न नमान्ने भएपछि देवीकला एक्लै पर्नुभएको छ।

गाउँमै बिहे गर्नुभएकी छोरीले बेला-बेला गएर हेरचाह गर्नुहुन्छ। देवीकलाले अहि,,लेसम्म को- भिड १९ विरुद्ध,,को कुनै खोप लगाउनुभएको थिएन।गौडाकोट स्वास्थ्य चौकीमा खोप लगाउने शुक्रबार अन्तिम दिन थियो। देवीकलाको घर बाट स्वास्थ्य चौ की हिँडेर पुग्न १० मिनेट जति को बाटो छ।

गतसाल ब्लड प्रेसरले हानेर थलिनु भएकी उहाँ को खुट्टाका औँलासमेत पाकेर हिँडन्सक्ने अव स्था छैन । शुक्रबार बिहान देवीकलाकी छोरी फुर्सी घिमिरे आएर आमालाई कसरी खोप लगा उन लैजाने भनी समस्या सुनाउनुभयो।

त्यही दिन गाउँमा मान्छे मरेर सबैजसो पुरुषहरु मलामी गएकाले बोक्ने मान्छे पनि पाइएन।छोरी फुर्सी आफैँ बिरामी भएकाले आमालाई बोकेर लैजान सक्ने अवस्था थिएन। अरु कुनै विकल्प नभएपछि आफैँले बोकेर लगेको स्वास्थ्य स्वयंसे विका लिला बताउनुहुन्छ। ‘

खोप लगाउने अन्तिम दिन थियो, कुनै विकल्प भएन दि दी (देवीकलाकी छोरी)ले अब कसो गर्ने भन्नथाल्नु भयो’ लिला भन्नु हुन्छ, ‘सक्छु कि म प्रयास गर्छु भनेर उहाँको घर गएँ।’ सुरुमा घरबाट जाँदा बोक्न सक्दिन जस्तो लागे पनि घरमा गएर बोकेर हेर्दा सक्छुजस्तो लागेपछि लगेको उहाँले जानकारी दिनु भयो।

वर्षायाममा पहिरो गएकाले स्वास्थ्यचौकी जाने बाटो पनि निकै अप्ठेरो छ। ‘बाटो सजिलो भए को भए त लठ्ठी टेकेर भएपनि म जान्थे तिमीला ई दुःख दिन्नथेँ भन्नुहुन्थ्यो आमाले’ लिला सुनाउ नुहुन्छ, ‘म पनि अलि मोटी भएकाले उकालोमा चाँही निकै गाह्रो भयो।

’स्वास्थ्य चौकीमा लगेर देवीकलालाई स्वास्थ्य कर्मीले जोन सोन खोप लगाइदिए। त्यसपछि फेरि लिलाले घरसम्मै बोकेर पुर्‍याइदिनु भयो। घरमै लगेर खोप लगाउने बारे स्वास्थ्य चौकी मा कुरा गर्दा खोप धेरै चिसोमा राख्नु पर्ने भएकाले समस्या हुने जवाफ भएको लिलाको भनाइ छ।

लिलाले मैले एक जना आमालाई बोकेर खोप लगाउन ल्याउँदै छु भनेर शुक्रबार बिहान फोन गरेको तर आफू निस्कि,,एपछि मात्रै आइपुगेका ले अन्य जानकारी नपाएको गौडाकोट स्वास्थ्य चौकीका प्रमुख भेषराज पाण्डेले बताउनु भयो।लिलाको साथमा देवीकलाकी छोरी फुर्सी र नातिनी जानुभएको थियो।

स्वास्थ्य स्वयंसेविका लिलाका अनुसार अहिले भाइरल भएको तस्बिर देवीकलाकै नातिनीले खिच्नु भएको हो। शुक्रबार राति लिलाले ती तस्बिर र एउटा भिडियोसमेत आफ्नो फेसबुक मा हाल्नु भएको थियो। यही तस्बिर गुल्मीको विभिन्न ठाउँमा नाममा सञ्चालित फेसबुक पेज हरुले सेयर गरेपछि भाइरल भएको हो।

लिला थापा २०७१ सालदेखि स्वास्थ्य स्वयंसे विको जिम्मे  जारी लिएर गाउँमा सेवा दिँदै आउनु भएको छ । आफू सेवामा समर्पित भएको र आफूले थाहा भएसम्म आफ्नो कार्यक्षेत्र भित्र स्वास्थ्य सेवाबाट कसैलाई वञ्चित हुन नदिएको उहाँ बताउनु हुन्छ ।

आफूले आफ्नो कामको प्रचार गर्नका लागि भन्दा पनि बाटो अप्ठेरो भएर कठिन भएको कुरा यहाँका जनप्रतिनिधिहरुलाई देखाउन फेसकुबमा फोटो हालेको लिलाको भनाइ छ।‘मैले मेरो पर्सनालिटी प्रचार गर्न भन्दा पनि पहिरोले बाटो बिग्रिएर समस्या छ।

जनप्रतिनिधिले आएर हेरि दिनु पर्‍यो भनेर हालेकी हुँ’ उहाँ सुनाउनु हुन्छ । लिलाका श्रीमान सहकारीका प्रबन्धक हुनुहुन्छ। सेवाको काममा श्रीमानबाट पूर्ण साथ रहेको उहाँले जानकारी दिनुभयो। फेसबुकमा फोटो राखेपछि केहीले फोन गरेर धेरै राम्रो काम गर्नुभएछ।

भनेर फोन गरेको लिलाले बताउनु भयो।वृद्धा हरुलाई गाविस  मा बोलाएर सम्मान गर्न भन्दा पनि उहाँहरुको घरमा गएर के कस्तो अवस्था छ भनेर बुझ्ने काम जनप्रतिनिधिले गर्नुपर्ने स्वास्थ्य स्वयंसेविका लिलाको भनाइ छ।

सम्मानका लागि वडा कार्यालयमा बोलाउँदा बाटो कै कारणले आउन नसक्ने वृद्धवृद्धा हरू भएकाले त्यसमा ध्यान दिन भनेको उहाँ बताउनुहुन्छ। हेल्थपाटिबाट

२०७८ माघ १९, बुधबार ०१:२९ 1 Minute 237 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।