२०७९ आश्विन २२
  • काठमाडौँ

नक्कली पिचएडी भनेपछि डा भीम रावलले फर्काए डा बाबुराम भट्टराईलाइ जवाफ

काठमाडौ । आफुलाई नक्कली पिएचडी वाला भनेपछि नेकपा एमालेका नेता भीम रावलले डा बाबुराम भट्टराईलाई जवाफ फर्काएका छन् । सामाजिक सञ्जालमा दुई डाक्टरबीच अहिले वार चलेको छ । डा भट्टराईले भीम रावलको पीएचडीलाई नक्कली हो की भन्दै टिप्पणी गरेका र्थि । एमसीसीका विषयमा पूर्वप्रधानमन्त्रीहरुबीच दोहोरी चलेको हो । डा। बाबुराम भट्टराईले सुटुक्क एमसीसी भित्र्याएको आरोप भीम रावलले लगाएपछि उनले रावलको पिएचडी नक्कली हो की भन्दै टिप्पणी गरेका थिए ।

एमसीसीका विषयमा पूर्वप्रधानमन्त्री भट्टराई र नेकपा एमालेका नेता डा। भीम रावलबीच सामाजिक सञ्जालमा जुहारी अरुले भने रोचक मानेर हेरिरहेका छन् । आफू प्रधानमन्त्री भएका बेला ‘गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ आरोप नेता रावलले लगाएपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। भट्टराईले आ क्रो श पोख्दै रावल नक्कली पीएचडी हुन् कि भनेर टिप्पणी गरेका थिए।​

त्यसमा रावलले जवाफ फर्काएका हुन्। यस क्रममा एमाले नेता रावलले डा। भट्टराई प्रधानमन्त्री हुँदा २०६८ मा एमसीसी सम्झौता गुपचुप रूपमा गरिएको जिकिर पनि गरेका छन्। नक्कली पीएचडीका सम्बन्धमा रावलले यस्तो सीमापारि (भारत) मात्र हुने, नेपालमा नहुने भनेर कटाक्ष गरेका छन्। डा भट्टराईलाई नै उनले नक्कली हो की भन्न खोजेका हुन् ।

‘​बाबुरामजी प्रम हुँदा २०६८ मा चुपचाप एमसीसीसँग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले उल्लेख गरेको छु। त्यो बेला दलीय सहमतिबाट मात्र त्यस्तो गर्न सकिन्थ्यो, तर जानकारीसम्म गराइएन’, रावलले जवाफमा लेखेका छन्, ‘पीएचडी नक्कली सीमापारि हुने गरेको सधैं चर्चा हुन्छ, त्रिविविबाट पीएचडी कसैको नक्कली हुने चर्चा नै हुन्न।’ताजाखबर बाट

२०७८ माघ १८, मंगलवार १३:१५ 0 Minutes 230 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।