२०७९ आश्विन २१
  • काठमाडौँ

पाकिस्तानमा चर्चबाट फर्किरहेका पादरीमाथि गो’ली हा’नी ह’त्या

पेशावर : पाकिस्तानमा चर्चमा प्राथना गरेर फर्किरहेका पादरी (ईसाई धर्मगुरु) माथि गोली हानी ह’त्या गरिएको छ । पाकिस्तानको उत्तरपश्चिम सहर पेशावरमा आइतबार प्राथना गरेर फर्किरहेका पादरीमाथि गो’ली हानी ह’त्या गरिएको हो ।

सो घ’ट’ना पेशावरस्थित गुलबहारमा भएको हो । बन्दु’क’धारीहरुले पादरी विलियम सिरजको गोली हानी ह’त्या गरेको प्रहरीले जनाएको छ । बन्दुकधारीको गो’ली लागि अन्य क्रिस्चियन धर्मावलम्बीहरु पनि घा’इ’ते भएको बताइएको छ ।

सो घ’ट’ना’पछि स्थानीय प्रहरीले सूचनाको आधारमा छानविन सुरु गरेको थियो । यद्यपि, हमलाकारहरुबारे हालसम्म कुनै जानकारी नमिलेको प्रहरीले जनाएको छ । घ’ट’ना’को जिम्मेवारी हालसम्म कुनैपनि समूहले नलिएको बताइएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सो घ’ट’ना’को निन्दा गरेका छन् । सन् २०१७ को जनगणनाअनुसार ईसाई पाकिस्तानको सबैभन्दा दोस्रो ठूलो धार्मिक अल्पसंख्यक समुदाय हो ।

यसअघि सन् २०१३ मा पेशावरमा आइतबारको प्राथनासभाको क्रममा भएको आत्मघाती हमलामा परी ७८ जनाले ज्यान गु’माएका थिए । अन्नपूर्ण पोस्ट बाट

२०७८ माघ १८, मंगलवार ११:२० 0 Minutes 218 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।