२०७९ आश्विन २२
  • काठमाडौँ

नेपाल प्रहरीकी एसपी मल्लले राखिन् देशकै नाम, राष्ट्रसंघ मिसनकै सबै भन्दा सर्वोत्कृष्ट घोषित

काठमाडौं । नेपाल प्रहरी अस्पतालमा कार्यरत एसपी डा। संज्ञा मल्लले देशकै नाम राख्दै राष्ट्रसंघ मिसनकै सर्वोत्कृष्ट घोषित भएकी छन् ।

कंगोस्थित शान्ति सैन्य मिसनमा रहेकी उनी सर्वोत्कृष्ट घोषित भएकी हुन् । उनी स्वास्थ्य तथा वातावरण एकाइ प्रमुखका रुपमा कार्यरत छन् । मल्ल राष्ट्रसंघका सबै मिसनमध्ये सर्वोत्कृष्ट भएकी हुन् ।

उनले महामारी, स्वास्थ्य र वातावरण संरक्षणमा खेलेको भूमिकाका आधारमा मल्लाई ११औँ राष्ट्रसंघीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिएको छ । कंगोको राजधानी किन्सासामा स्वास्थ्य तथा वातावरण एकाई स्थापनामा उनको महत्त्वपूर्ण भूमिका छ ।

प्रहरी प्रवक्ता एसएसपी वसन्त कुवँरले मल्ल राष्ट्रसंघको हालसम्मकै ठूलो पुरस्कार पाउने प्रहरी अधिकृत भएको बताए । उनका अनुसार डा। मल्ललाई कात्तिक २३ गते राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसले पुरस्कार प्रदान गरेको बताए ।

प्रवक्ता कुवँरले भने, “यो तहको पुरस्कार नेपाल प्रहरीका कसैले प्राप्त गरेको थियो । यसले प्रहरीकै गरिमा बढेको छ । नेपाल प्रहरीको व्यावसायिकता, छवि झनै उचो बनेर गएको छ । संगठनलाई यसमा गौरव छ ।” डा। मल्ल ७ महिनाअघि मिसनमा खटिएकी थिइन् । उनी नेपाल प्रहरी अस्पतालमा दाँत रोग विशेषज्ञका रुपमा कार्यरत छिन् । संचार पोस्ट बाट

२०७८ माघ १७, सोमबार १२:१६ 0 Minutes 143 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।