२०७९ मंसिर १५
  • काठमाडौँ

ज्वालामुखी अझै रोकिएन, घरबाहिर ननिस्कन आग्रह

१२ चैत, काठमाडौँ । भूकम्प गएको १५ महिनापछि आइसल्याण्डको राजधानी रेक्याविकमा विष्फोट भएको ज्वालामुखीको लाभा अझै निस्किने क्रम जारी छ । उक्त लाभाको चमक करीब ३२ किलोमिटरको दूरीबाटै देख्‍न सकिन्छ ।

ज्वालामुखीको उक्त विष्फोट फग्राडल्स माउन्टेनमा रहेको टाकुराबाट भएको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्‍यमहरुले उल्लेख गरेका छन् । यो ज्वालामुखी करीब ८ सय वर्षमा पहिलोपटक विष्फोट भएको जनाइएको छ ।

केही हप्ता पहिले आइसल्याण्डमा भूकम्पको हजारौ धक्का महसूस गरिएको थियो। त्‍यसपश्चात मौसम विभागले चेतावनी दिएको थियो । यता, ज्वालामुखी विस्फोट धेरै टाढा भए पनि सरकारले ढोका बन्‍द नगरी घरमै बस्‍न नागरिकलाई अपिल गरेको छ ।

यो पनि पढ्नुहोस्

१२ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । २ हजार ८९१ जनाको नमुना परीक्षण गर्दा १२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार ३ हजार ९६३ जनाको नमुना परीक्षण गर्दा १४५ जनामा संक्रमण पुष्टि भएको थियो । बिहीबार थपिएका संक्रमितमध्ये ६५ जना काठमाडौं उपत्यकाका हुन् । यस्तै पछिल्लो २४ घण्टामा कास्कीमा १९, दाङमा ६, मोरङ र रुपन्देहीमा ४/४ जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमण बढ्न थालेका बेला परीक्षण संख्या भने घटेको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ । उनीहरुमध्ये थप ८५ जनासहित २ लाख ७२ हजार २७२ जना निको भएका छन् भने हालसम्म ३ हजार २० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार २१७ रहेको मन्त्रालयले जनाएको छ । हालसम्म २२ लाख ५१ हजार ८८४ नमुनाको पीसीआर गरिएको छ । स्रोत अनलाइनखबर बाट

२०७७ चैत्र १२, बिहीबार १२:३१ 0 Minutes 345 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।