२०७९ आश्विन १८
  • काठमाडौँ

‘चीनको वुहानमा फेरी अर्काे खतरनाक भेरिएन्ट देखियो, हरेक ३ संक्रमितमध्ये एक जनाको मृत्यु हुनसक्छ!’

वुहान : चीनको वुहान शहरका वैज्ञानिकहरूले विश्वमा नयाँ भाइरस ‘निओ कोभ’ निकै खतरनाक भएको चेतावनी दिएका छन्। उनीहरूले यो नयाँ दक्षिण अफ्रिकामा भेटिएको बताएका छन्। यो नयाँ भाइरस अत्यन्तै संक्रामक भएको र यसले ३ संक्रमित विरामीमध्ये १ जनाको ज्या’न जा’न सक्ने उनीहरूले बताएका छन्।

यद्यपि रूसी वैज्ञानिकहरूले निओ कोभ भाइरस नयाँ नभएको दाबी गरेका छन्। उनीहरूले नयाँ भाइरस अझै मानिसमा नफैलिएको बताएका छन्। रूसी समाचार संस्था स्पुतनिकका अनुसार यो निओ कोभ भाइरस मर्स कोभ भाइरससँग सम्बन्धित छ। सबैभन्दा पहिलोपटक यसको प्रकोप सन् २०१२ र २०१५ मा पश्चिम एसियाली देशहरूमा पत्ता लागेको थियो।

यो सार्स-कोभ-२ सँग मिल्दोजुल्दो छ, जसले मानिसमा भाइरसको संक्रमण निम्त्याउँछ। दक्षिण अफ्रिकामा निओ कोभ चमेरोमा देखिएको छ र यो हालसम्म पशुपक्षीमा मात्र देखिएको छ।

नयाँ भाइरस र हालको भाइरसको गुणमा मर्स

बायोरेक्सिभ वेबसाइटमा प्रकाशित अनुसन्धान अनुसार निओ कोभ र यसको नजिकको सहयोगी पिडिएफ-२१८०-कोभले मानिसलाई संक्रमित गर्न सक्छ। वुहान विश्वविद्यालय र चाइना एकेडेमी अफ साइन्सेजका अनुसन्धाताहरूका अनुसार यो नयाँ भाइरसले मानव कोषिकालाई संक्रमित गर्न एउटा मात्र उत्परिवर्तन (म्युटेशन) आवश्यक छ।

निओ कोभ भाइरसमा मर्सका जस्तै धेरै बिरामीको मृत्यु हुने अनुसन्धानमा उल्लेख छ। यो संख्या प्रति ३ बिरामीमा १ हुन सक्छ। निओ कोभ भाइरसमा हालको सार्स-कोभ-२ भाइरसका गुणहरू छन्‚ जसले यसलाई अ’त्यधिक संक्रामक बनाउँछ।

यस सम्बन्धमा रूसको सरकारी भाइरोलोजी अनुसन्धान केन्द्रले बिहीबार एक विज्ञप्ति जारी गर्दै भेक्टर रिसर्च सेन्टर निओ कोभबारे चिनियाँ अनुसन्धानकर्ताहरूले सङ्कलन गरेको तथ्याङ्कसँग परिचित रहेको बताएको छ।

यद्यपि पश्चिमा वैज्ञानिकले चिनियाँ वैज्ञानिकका भनाइलाई आँखा चिम्लेर समर्थन गर्न नहुने बताएका छन्। वुहानबाट फैलिएको महामारीका बारेमा अनुमान गर्न नसकेको उनीहरूको भनाइ छ।

ओमिक्रोनको नयाँ उपप्रजाति फेला

ओमिक्रोनको नयाँ उपप्रजाति (बीए.२) फेला परेको छ। यो निकै खतरनाक मानिएको छ। यो आरटी-पिसिआरबाट पनि सजिलै पत्ता लगाउन सक्दैन। यो नयाँ उपप्रजाति ४० देशमा फैलिसकेको छ।

२०७८ माघ १५, शनिबार ०९:११ 1 Minute 256 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।