२०७९ आश्विन १४
  • काठमाडौँ

टुप्पिले गाडी तान्न सक्ने अ’नौ’ठो शक्ति, चाँडै गिनिज बुकमा नाम लेखाउँदै बेदनाथ(भिडियो हेर्नुस)

हरेक मानिसहरु आफ्नो एउटा छुट्टै मौलिक कलाका साथ जन्म लिएका हुन्छ्न । कोहि गित गाउन माहिर हुन्छ्न त कोहि नाच्न, कोहि पढ्न माहिर हुन्छ्न त कोहि खेल्न । तर आज भने यस्ता एक पुरुष भेटीएका छ्न जसको कला एकदमै फरक किसिमको रहेको छ र उनको यो कलादेखि सबै अचम्ममा पनि पर्न सक्नुहुन्छ ।

सामान्यतया हिन्दु धर्म मान्नेहरुले टाउकोमा टुप्पी ब्रतबन्ध गरेपश्चात पाल्ने गर्छन, टाउकोमा टुप्पि पाल्नु धार्मिक मूल्यमान्यतालाई शिरोधर गर्नुशिबाय अरु केहि पनि हैन भन्ने तपाइहामिको मान्यता हुनसक्छ तर गोर्खा जिल्लाका बेदनाथ अधिकारी नाम गरेका एक पुरुषले भने आफ्नो टाउकोको टुप्पिले गाडी तानेर विश्व रेकर्ड राख्ने योजना बनाएका छ्न ।

४९ बर्षका अधिकारिले बिगत १ बर्षदेखी आफ्नो टुप्पिमा डोरि बाधेर विभिन्न प्रकारका गाडी तान्दै आएका छ्न । सानै उमेरदेखी टुप्पिको कसरत गर्दै आएका उनी टुप्पी मजबुत भएपछी गाडी पनि तान्न थालेको उनी बताउछ्न । उनको लक्ष्य गिनिज बुकमा नाम लेखाउने भएकोले त्यसका लागि तयार गरिरहेको बताए ।

उनको टुप्पी यति सजिलै गाडी तान्ने भन्ने भएको रहेनछ, सानैदेखी टुप्पिको निरन्तर कसरतले नै यो सम्भब भएको उनी बताउछ्न । उनले मिडियाकै अगाडि सबैसामु टुप्पिले गाडी तानेर पनि देखाएका छ्न र आफ्नो लक्ष्यसम्म पुग्न सहयोगको लागि अपिल पनि गरेका छ्न ।

बाकी हेर्नुस तलको भिडियोमा

२०७८ माघ १३, बिहीबार २२:५५ 0 Minutes 181 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।