२०७९ आश्विन २२
  • काठमाडौँ

श्रीमानसँग सम्बन्ध सुध्रिएला भनेर दोस्रो बच्चा जन्माएँ तर….. !

पूर्वमिस नेपाल उषा खड्गी जतिबेला उनी २० वर्षकी थिइन्। सन् २००० मा मिस नेपालको ताज पहिरिएकी उनी चढ्दो उमेरमा पनि उत्तिकै सुन्दर देखिन्छिन्।

भिजे, मोडलिङ र फेसन डिजाइनरका रुपमा व्यस्त रहेकी उषा केही सक्रिय मिस नेपालमध्ये पर्छिन्। विवाहपछि मात्र करिअरलाई अघि बढाएकी पूर्व सुन्दरीको वैवाहिक जीवन भने सफल हुन सकेन।

दुई सन्तानकी आमा उषासँग प्रसवका तिता–मिठा धेरै अनुभव छन्।

विवाहपछि महिलालाई आमा बन्ने अचम्मको मोह जाग्दो रहेछ। विवाहअघि मलाई खासै बच्चा मन नपर्ने। विवाहपछि भने बच्चा पाउने, हुर्काउने मोह

मेरो र जिपी तिमल्सिनाको विवाह सहमतिमै भएको हो। करिअरको सुरुवाती समय भएकोले हामीले विवाह गरेको दुई वर्षपछि मात्रै बच्चा पाउने योजना बनाएका थियौं।

योजना अनुसार नै दुई वर्षपछि बच्चा जन्माउने निधो गर्‍यौं। विवाहपछि महिलालाई आमा बन्ने अचम्मको मोह जाग्दो रहेछ। विवाहअघि मलाई खासै बच्चा मन नपर्ने। विवाहपछि भने बच्चा पाउने, हुर्काउने मोह जागेको थियो।

म गर्भवती भएँ। अरुलाई गर्भवती हुँदा खान नरुच्ने, बान्ता हुने जस्ता समस्या हुने सुनेको थिएँ तर मलाई त्यसको ठिक उल्टो। खाना जति पनि रुच्ने, बान्ता हुने पनि कहिल्यै भएन। त्यति बेला मैले हरेक दिन भात, खसीको पक्कु, आलु साँधेको, चम्सुर–पालुंगोको साग, दिनकै १० वटासम्म लालमोहन र दुई वटा मिठा पान खान्थें। त्यो वाहेक पिज्जा, मःमः आदि त छँदै थियो।

फ्रिजभरि खानेकुरा राख्थें। माइती, घर र साथीहरु भेट्न आउँदा हातमा खानेकुराको पोको देखिएन भने पनि रीस उठ्थ्यो। मैले खाएको देखेर सबै दंग पर्थे। मलाई माटोको गन्ध खुब मन पर्न थाल्यो।

मैले प्राकृतिक रुपमा बच्चा नजन्माउने, अप्रे-सन गरेर निकाल्ने सोच बनाएँ। किनकी, साथीहरुको नर्मल डेलिभरीको कथा–व्यथा सुनेर म डराए

माटो नै खाइदिउँ जस्तो हुन्थ्यो। अहिले सम्झिँदा आफैंलाई अचम्म लाग्छ। मेरो तौल ४८ किलोबाट बढेर ७० किलोसम्म पुग्यो। तर मोटाएर केही चिन्ता भएन, खाली बच्चा कस्तो अवस्थामा होला भन्ने सोच मात्र आइरहन्थ्यो। गर्भवती भएको ८ महिना लागेपछि भने निकै गाह्रो भयो।

२०७८ माघ १३, बिहीबार १०:३० 1 Minute 166 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।