२०७९ आश्विन १४
  • काठमाडौँ

सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले सार्वजनिक गरे आफ्नो सम्पत्ति

काठमाडौं, १२ माघ । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शाहीले आफ्नो आम्दानी र आफुसँग भएको सम्पत्ति सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बोल्दै अभियन्ता शाहीले १ वर्षको अवधिमा प्रत्यक्ष रुपमा राज्यलाई आफुले ५७ हजार २ सय ८० कर तिरेको बताएका छन् । उनले उक्त कर मध्ये ३० हजार तलव कर, २५ हजार ५ सय सवारी साधनको कर र १७ सय ८० रुपैयाँ बीमा कर बुझाएको जानकारी दिए । उनले उने,‘एकवर्षमा बुझाएको ५७ हजार २ सय रुपैयामा ३० हजार तलव, २५ हजार ५ सय सवारी साधन र १७ सय ८० रुपैयाँ बीमा करबापत बुझाएको छु ।’

आफ्नो आयश्रोतको बारेमा बताउँदै वार्षिक रुपमा ६ लाख रुपैयाँ आम्दानी रहेको शाहीले सुनाए । उनले भने,‘महिनाको ५० हजार रुपैयाँ तलव खान्छु ।’ उनले अन्य अनलाइन व्यवसायबाट ५६ दिनको आम्दानी १ लाख ६३ हजार २ सय ९१ रुपैयाँ गरेको पनि स्पष्ट पारे । उनले आफुसँग भएको सम्पत्तिको नाममा ५औं ह्यान्ड गाडी ५ लाख रुपैयाँमा खरिद गरेर प्रयोग गर्दै आएको बताए । पैतृक सम्पत्ति आफ्नो जन्मस्थान जुम्ला र सुर्खेतमा नै भएको उनले सुनाए ।

आफ्नो संस्था देशको हित तथा सामाजिक सेवामा आवद्ध भएको भन्दै उनले कतार उड्ने जहाजलाई तत्कालिन उपप्रधानमन्त्री उपेन्द्र यादवले ३ घन्टा रोकेको उदाहरण दिँदै उनले त्यस्ता वेथितिको अन्त्य आफुहरुले गरेको बताए । अझैपनि आफ्नो संस्थाले विदेशमा अलपत्र भएका नागरिकहरुको उ`द्दा`र गरिरहेको बताए । उनले भने,‘आजकै दिनपनि २० जना अलपत्र परेका नागरिकहरुको उद्दार गरेका छौ ।’

दोस्रोपटक कोरोनाको लहर आउँदा आफ्नो संस्थाले २ लाख नागरिकहरुलाई अक्सिजन र उपचारको व्यवस्था गरेको अभियन्ता शाहीले जिकिर गरे । त्यस्तै, उनले ४ सय जनालाई अक्सिजन कन्र्सन्टे«टरको व्यवस्था गरेको भन्दै दुरदराजको जनताहरुलाई सहयोग गरेको बताए ।

अभियन्ता शाहीले वाइडवडी विमान खरिद प्रकरण लगायतका ठुला भ्र`ष्ट्रा`चार का`ण्डका दो`षी सार्बजनिक गरी का´रबा´हीको माग समेत गरेका छन् । रिपोर्टर्स नेपाल बाट

२०७८ माघ १२, बुधबार ११:४२ 0 Minutes 115 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।