२०७९ आश्विन २२
  • काठमाडौँ

बधाई ! नेपाली चेली रिया मानन्धरले गरिन् विश्व टप !

काठमाडौं : ब्रिटिश प्रोफेसनल कलेजकी रिया मानन्धरले ९८ प्रतिशतसहित विश्व टप गरेकी छन् । एसोसिएसन अफ चार्टण्ट सर्टिफाइड एकाउन्टेन्ट (एसीसीए)मा उनले ट्याकसेसन

पेपरमा वर्ल्ड टप गरेकी हुन् । विश्वभरका लाखौँ विद्यार्थीहरू लाई उछिन्दै उनले ट्याक्सेसन पेपरमा सबैभन्दा बढी अंक ल्याउन सफल भएकी हुन् । एसीसीए कार्यक्रम म्यानेजर दिपेन्द्र के श्रेष्ठ भन्छन् ।

हामीलाई रिया माथि गर्व छ उनी कलेजको दोस्रो विश्व टपर हुन्, र उनी अरु विद्यार्थीका लागि प्रेरणा पनि हुन्। त्यस्तै, रियाले पनि कलेज र शिक्षकहरुलाई धन्यवाद दिँदै भनिन् ‘एसीसीएले नेपालका अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने भएर रोजेकी हुँ ।’

एसीसीए कार्यक्रम विश्वकै सबैभन्दा ठुलो र छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो। यसका विश्वका १७९ देशमा ५ लाख २७ हजार विद्यार्थी र २ लाख १९ हजार

सदस्यहरु रहेका छन्। हाल ब्रिटिश प्रोफेसनल कलेजमा एसीसीए भर्ना खुलिरहेको छ। काठमाडौँ स्थित कलेजले शैक्षिक सञ्जाल यूएई र युकेमा समेत गर्दै आएको छ ।

२०७८ माघ ११, मंगलवार ००:३४ 0 Minutes 117 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।